तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बागलुङ। बागलुङको ताराखोला गाउँपालिकालाई ढुङ्गाको गाउँ (स्टोन भिलेज) बनाउने प्रक्रिया शुरु गरिएको छ । गाउँपालिकाले ‘स्टोन भिलेज’को प्रारम्भिक काम थालेको हो । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बेलामा गाउँपालिकाले स्टोन भिलेजको कार्यक्रम समावेश गरेको थियो । सोहीअनुसार प्रारम्भिक काम थालिसकेको गाउँपालिकाले जनाएको छ ।

ढुङ्गा खानीलाई व्यवस्थित बनाउनेदेखि घरका छाना पनि आर्कषक बनाएर छाउनेसम्मका क्रियाकलाप समावेश ‘स्टोन भिलेज’ कार्यक्रममा समावेश हुनेछन् । गाउँपालिकाभरि भएका काम तथा क्रियाकलापमा स्थानीय ढुङ्गाको उपयोग गर्ने नीति लिएर यो कार्यक्रम थालिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । घरको छाना छाउनेदेखि सरकारी भवन, पार्क, पदमार्ग समेतमा स्थानीयवासीले उत्पादन गरेका ढुङ्गाको प्रयोग गर्ने नीति ल्याइएको उहाँले जानकारी दिनुभयो ।

यहाँका ढुङ्गा आर्कषक छन् । स्थानीय ढुङ्गाको प्रयोग, आयतको विस्थापन र रोजगारी सिर्जनामा कार्यक्रमले सहयोग गर्ने गाउँपालिकाको अपेक्षा छ । तारा खोलाका राजनीतिक संयन्त्रले जनप्रतिनिधि आउनुअघि पनि जस्तापाता नभित्र्याउने नीति लिएका थिए । अधिकांशले स्थानीय ढुङ्गाकै छाना छाएका छन् । केही खरका छाना थिए । ती पनि विस्थापित गर्ने, रासायनिक मल नल्याउने, स्थानीय प्रविधिलाई उपयोग गर्ने र वर्षौदेखि चलिआएका संस्कृतिलाई प्रवद्र्धन गर्ने लक्ष्यलाई अहिले पनि सञ्चालनमा ल्याइएको हो ।

यहाँ दर्जनाँै ढुङ्गाखानी चलाउन सकिने स्थान छन् । तीमध्ये उद्यमीले खानी तथा भूगर्भ विभागमा गएर दर्ता गर्नुपथ्र्यो । अब भने व्यक्तिगत लगानी र आफ्नै खेतबारीमा साना उद्योग चलाउन पालिका तहमै व्यवसाय दर्ता गरेर कर तिर्ने व्यवस्था गरिएको हो । “सानो स्केलमा काम गर्नेलाई व्यवसाय दर्ता गराएर काम गर्न दिने भनेका छौं”, घर्तीले भन्नुभयो, “केही साथीहरुले काम थालिसक्नुभएको छ ।”

बागलुङ, पोखरालगायतका शहरमा घर बनाउँदा आर्कषक टायलका रुपमा प्रयोग भएका अधिकांश ताराखोलाका ढुङ्गा हुन् । लुकिछिपी काम भइरहनुभन्दा कर तिरेर वातावरण पनि नबिग्रने गरी उत्खनन गर्न दिँदा राम्रो हुने जनप्रतिनिधिले सुझाव दिएका थिए ।

सार्वजनिक र सामुदायिक क्षेत्रमा खानी सञ्चालन गर्न खोज्नेलाई भने पालिकाले समन्वय गरेर छिटो वातावरणीय प्रभाव मुल्याङ्कन गराउन पहल गर्ने भएको हो । तोकेको मापदण्डमा ढुङुगा निकाल्ने अवसर दिन पहल गरेको समेत अध्यक्ष घर्तीले जानकारी दिनुभयो । तामा र सुनखानी चलाउन लागेझै जनताले दुःख पाउने गरी लामो प्रक्रिया गर्न नहुने उहाँको भनाइ छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …