दाङ । घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए ।
एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानकारी दिनुभयो । त्यसलगत्तै फरार रहँदै आएका उनीहरूलाई प्रहरीले साउन १६ गते राति घोराही–१५ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …