काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले ‘स्मार्ट सिटी’ बनाउन काठमाडौँस्थित एक बैंकसँग सात शर्त राखेर सम्झौता ग¥यो ।
सार्वजनिक– निजी साझेदारीमा ९सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार० परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने समझदारीपत्रमा गत मङ्गलबार हस्ताक्षर भएको हो । उक्त पत्रमा नगरप्रमुख महेश खरेल र इन्फ्राक्स्चर बैंक लिमिटेडका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ ।
स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता भएको हो । लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि साझेदारीमा वैकल्पिक योजनाको खोजी भइरहेको नगरप्रमुख महेश खरेलले जानकारीदिनुभयो ।
उहाँका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । “अझै आशा मरेको त छैन, उपयुक्त वातावरण भए अझै एक वर्षभित्र लगानी सम्मेलन गर्ने योजनामै छौँ” उहाँले भन्नुभयो । आर्थिक वर्ष २०७६÷७७ को अन्त्यतिर निर्णय गरी तयारीमा जुटेपछि लगानी सम्मेलनको योजना त्यतिबेला कोरोना सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि योजनामै सीमित भएको थियो ।
गत आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनःे सङ्क्रमणको दोस्रो लहरका कारण अघि बढ्न सकेन । नगरप्रमुख खरेलले भन्नुभयो,“कोरोना तेस्रो लहरको प्रक्षेपणले नगरका अन्य योजनामा पनि प्रतिकूल असर पार्छ कि भन्ने चिन्ता पनि छ ।” उहाँका अनुसार सङ्क्रमण शून्य भएपछि चालू आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइनेछ ।
नगरले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो । यसअघि स्थानीय तहअन्तर्गत पहिलो पटक विसं२०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरी स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट रु १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता व्यक्त गरेका थिए । काभ्रेको पाँचखाल तिलोत्तमापश्चात् लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो ।
पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालू आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न बितेका दुवै आर्थिक वर्षमा प्रारम्भिक बजेट छुट्याइएको नगरप्रमुख खरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम शुरु भएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका थियौँ ।”
चखालमा विशेष आर्थिक क्षेत्र ९ सेजका लागि निर्माणकार्य शुरुआत गरिएको, मदन भण्डारी विश्वविद्यालयका लागि बजेट विनियोजन गरी प्रक्रिया शुरु भएको, वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम भइरहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल यूथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमीन छुट्याइएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको थियो । “विशेष गरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउने योजनामा बनाएका छौँ” उहाँले भन्नुभयो ।
पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पु¥याइसकिएको तथा पु¥याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिककीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने योजना बनाइएको छ ।
“सम्मेलनमा स्थानीयवासीलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिन पनि छलफल गर्दैछौँ” उहाँले भन्नुभयो । उहाँका अुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नपा बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ वृहत बनाइएको छ ।
तेह् वडामा विभाजित पाँचखाल नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने ३७ हजार ७९७ जनसङ्ख्याको बसोबास छ । अर्कोतर्फ ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरले पाँचखालको खेतीयोग्य जमीनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नगरले आफूखुशी र व्यापारिक हिसाबले खेतीयोग्य जमीन प्लटिङ गर्न पूर्णतः रोक लगाउँदै कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमीन मास्न नदिने निर्णय गरेको हो ।
चक्रपथ राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमीन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने नगरको योजना छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …