काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ ।
चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना सङ्कलन तथा सादा पोशाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
सोही क्रममा गएराति मोटरसाइकलसहित भक्तपुरबाट रामेछापका दीपेन्द्र भुजेल, ताप्लेजुङका विशेष लिम्बू र धनुषाका विकल थापालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । भक्तपुरका वासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ मा हराएको मोटरसाइकल उनीहरुले नम्बर परिवर्तन गरी चलाएको अवस्थामा फेला पारिएको थियो । अर्काे पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा९६ प ८८३६ को मोटरसाइकल पनि नम्बर परिवर्तन गरेको अवस्थामा भेटिएको थियो ।
मोटरसाकलसहित तीनैलाई थप अनुसन्धान एवं कानूनी कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ । गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ व्यक्तिलाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी एकाइमा पठाइएको छ । सोही वर्ष हराएका ३९७ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …