तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अफगानिस्तान। अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको छ । अझै दर्जनौँ व्यक्ति हराइरहेका र अन्य ७० जना घाइते भएको जनाइएको छ ।   

“नुरिस्तान प्रान्तको कमदिश जिल्लामा भारी वर्षाका कारण बुधबार बाढीमा परी वेपत्ता व्यक्तिमध्ये केही अझै हराइरहेका छन् । बाढीका कारण जिल्लाको करिब १२ किलोमिटर सडक भत्केकोे छ, १७३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्,” प्राकृतिक प्रकोप व्यवस्थापन राज्यमन्त्री गुलाम बहाउददिन जेलानीले भन्नुभयो । 

यस प्रान्तका विधायकहरूले बाढी प्रभावित बासिन्दाहरूलाई तत्काल सहयोगको आवश्यकता भएको बताएका छन् । तालिबानले पीडितहरूको उद्धार कार्यमा अवरोध खडा गरिरहेको विधायकहरूले दाबी गरेका छन् ।  अर्कोतर्फ तालिवान समूहले बाढी प्रभावित क्षेत्रहरुमा सरकारी सेनाहरुको घुसपैठ हुन नदिन भनेको छ ।   

“जनताको अवस्था दयनीय छ । उनीहरूलाई तुरुन्तै मद्दत चाहिन्छ । उनीहरूले सबै कुरा गुमाएका छन्,” नुरिस्तानका सांसद इस्माइल आटिकानले भन्नुभयो । नुरिस्तानका गभर्नर हाफिज अब्दुल कायुमले केही प्रभावित परिवारलाई सरकारले सहयोग प्रदान गरेको बताउनुभयो ।   

गत महिना अफगानिस्तानको पश्चिमी प्रान्त हेरातका केही भागहरूमा भारी वर्षा र बाढीले गर्दा कम्तीमा पनि १२ जनाको मृत्यु भएको थियो । बाढीले जिल्लाका दशौँ आवासीय घर तथा सडक बगाएको छ । सडक बिग्रेपछि विभिन्न जिल्लामा सडक यातायातका बन्द भएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …