काठमाडौँ । सशस्त्र प्रहरी बल अस्पतालका डा रोशनकुमार झाले पुरस्कारस्वरूप प्राप्त गरेको रकम गरिब तथा विपन्न परिवारको उपचारका लागि खर्च गर्ने हुनुभएको छ । बारबरा फाउण्डेशनले शनिबार पुरस्कारसहित सम्मान गरेको रकम डा झाले ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत गरिब तथा विपन्न व्यक्तिको कोरोना उपचारका लागि खर्च गर्ने घोषणा गर्नुभएको हो ।
डा झाले शनिबार रु एक लाख ८७ हजार ५०० को पुरस्कार प्राप्त गर्नुभएको थियो । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि लायन्स क्बल अफ काठमाडौँ समर्पणको सहकार्यमा ललितपुरको रविभवनमा स्थापना गरिएको ‘जे एण्ड जे निःशुल्क कोभिड हेरचाह क्लिनिक’मार्फत गरिब, विपन्न तथा असाहय व्यक्तिको उपचारमा खर्च गर्ने उहाँले घोषणा गर्नुभएको हो ।
“जे एण्ड जे क्लिनिकमा कोभिडका साथसाथै मधुमेह, उच्च रक्तचाप, थाइराइडसम्बन्धी रोगका गरिब तथा विपन्न नागरिकले निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन्”, डा झाले भन्नुभयो । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका प्रहरी नायब उपरीक्षकसमेत रहनुभएका डा झाले कोभिडको समयमा हजारौँ कोभिड बिरामीको उपचारसमेत गर्दै आउनुभएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …