कच्ची सडकमा सिकारु चालकको मनोमानीका कारण यातायातका साधन चलाउँदा दुर्घटना हुने क्रम बढेको छ । भर्खरै ट्र्याक खुलेको सडकमा सिकारुले यातायातका साधन जथाभावी चलाउँदा दुर्घटना हुने क्रम बढेको हो ।
दुर्गम गाउँमा स्थानीय तह तथा प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भएका सडकमा दुर्घटना बढेको पाइएको छ । ट्राफिक प्रहरीको नजर नपुग्ने ठाउँमा धेरै यात्रु राखेर तोकिएको दरभन्द बढी रकम असुल्दै सिकारु चालकको बदमासी गाउँतिर सरेको हो । गाउँका सर्वसाधारणलाई चालकसँग चालक अनुमतिपत्र भए÷नभएकोबारे जानकारी नहुने हुँदा दुर्घटना हुने क्रम बढेको छ ।
नियमित मर्मतसम्भार नगरेको, बत्ती नभएका, गियर नलाग्ने यातायातका साधन धकेलेर सञ्चालन गर्दै यात्रु ओसारपसार गर्दा थप दुर्घटना बढेको हो । असारको पहिलो साता मोटरसाइकल दुर्घटना हुँदा बारेकोट गाउँपालिका–५ की कृष्णकुमारी शाहीको मृत्यु भयो । उहाँलाई मोटरसाइकलमा राख्ने चालक राजेन्द्रविक्रम शाही घाइते छन् तर उनीसँग चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ ।
त्यसको साता दिनअघि बारेकोट गाउँपालिका–८ लैखममा जिप दुर्घटना भयो । सो जिप चालकको समेत सवारी चालक अनुमतिपत्र नभएको प्रहरीले जनाएको छ । त्यहाँ एक जनाको मृत्यु भयो भने चार घाइते भए । तीन हप्ताअघि बारेकोटकै सक्लामा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भयो । उहाँको पनि सवारीचालक अनुमतिपत्र नभएको पाइएको थियो । गाउँमा सञ्चालनमा रहेका अधिकांश सवारी चलाउने चालकसँग चालक अनुमतिपत्र नभएको पाइएको छ ।
चालक अनुमतिपत्र नभएका चालकले यातायातका साधन सञ्चालन गरेर दुर्घटना हुने दर बढेपछि टा«फिक प्रहरीले निगरानी बढाएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मण विकले बताउनुभयो । भेरी करिडोरको जाजरकोट बीच विन्दुमा पर्ने भएकाले जाजरकोट हुँदै धेरै सवारी साधन चल्ने गर्दछन् । विगत १० वर्षको तथ्याङ्क हेर्दा जाजरकोटमा दुई ठूला दुर्घटना भएर १०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेख जिल्लामा जाजरकोट भएर सवारी साधन आवतजावत गर्ने भएपछि दुर्घटनाको दर बढेको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो । जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा निगरानी कम हुँदा समस्या हुँदै आएको छ । नियम नमान्दा कारवाहीको दर उच्च नियम नमानेर जथाभावी सवारी साधन चलाउँदा अघिल्लो आवको तुलनामा गत आवमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दोब्बर राजश्व सङ्कलन गरेको छ ।
कार्यालयले मादक पदार्थ सेवन गरी चलाएको, सवारी चालक अनुमतिपत्र नभएको, जथाभावी सवारी पार्किङ गरेको, तोकिएभन्दा बढी भाडा लिएको आधारमा कारवाही गरी राजश्व उठाइएको बताएको छ । गत आव २०७६/७७ मा रु १८ लाख ६९ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयले आव २०७७/७८ मा रु ४० लाख ४० हजार राजश्व सङ्कलन गरेको थियो । गत आवमा चार हजार ७५० सवारी साधनलाई कारवाही गरेको कार्यालयले जनाएको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …