तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दोहा,कतार ।अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् । 

हाल अफगानीहरूको प्रमुख लक्ष्य युद्धविराम गरी अफगानी समस्यामा पुनः वार्ता आरम्भ गर्नु रहेको निश्कर्ष उनीहरूको रहेको छ । बैठकले अफगानिस्तानको संवैधानिक सुधार र विशेष गरी छोटो दुई वर्षे कार्यकालमा आम चुनावको तयारी गर्ने कार्य योजनासहित अन्तरिम गठबन्धन सरकार गठन गर्नु रहेको ‘द एक्सप्रेस ट्रिब्यून’ले अफगानिस्तानका रूसी राजदूत जामिर काबुलोभलाई उद्धृत गर्दै समाचार लेखेको छ । 

काबुलोभले भन्नुभयो, “अफगान सरकारले एक वर्षअघि तालिबानसँग वार्ता गरेको हुनुपथ्र्याे । तालिवानी आन्दोलनले सैन्य सफलता प्राप्त गर्न नसकेपछि विद्रोहीहरू काबुलसँग संयुक्त सरकारमा सहभागी हुन तयार भइसकेका छन् । तर यसका लागि उनीहरूको अस्तित्वलाई काबुलले स्वीकार गर्नुपर्नेछ ।

उहाँले मध्यपूर्वबाट धपाइएका अन्तर्राष्ट्रिय आतङ्ककारी संगठनहरुले अफगानिस्तानमा आफूलाई पुनः स्थापित गर्ने प्रयास गर्न सक्ने चिन्ता पनि व्यक्त गर्नुभएको छ । 

काबुलोभलाई अफगानिस्तानको स्थितिमा कुन देशको सबैभन्दा बढी प्रभाव छ भनेर पनि सोधिएको थियो । यससम्बन्धमा उहाँले भन्नुभयो, “त्यहाँ कुनै पनि राष्ट्रको एकल प्रभाब छैन  यद्यपि चीन, रुस, अमेरिका र पाकिस्तानले अफगान राजनीतिमा आंशिक प्रभाब राख्ने गरेका छन् ।”   

केही दिनअघि अफगानिस्तान सरकार र तालिवानले अफगानिस्तानमा शान्ति बहाली गर्ने र उच्चस्तरीय वार्तालाई निरन्तरता दिने प्रयासलाई शीघ्र अघि बढाउन सहमति जनाएका छन् । अफगानिस्तानमा हिंसा भड्कने क्रममा दोहामा भएको दुई दिने वार्तापछि दुई पक्षले संयुक्त वक्तव्य जारी गरेका थिए । 

तथापि, दुवै पक्षले हिंसा वा युद्धविरामको उल्लङ्घन वृद्धिबारे उल्लेख गर्न चाहेनन् । तालिबानसँग वार्तामा राष्ट्रिय मेलमिलापका लागि उच्च परिषद्का  अध्यक्ष तथा अफगान वार्ताका लागि राजनीतिज्ञको सात सदस्यीय प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले अफगान सरकारको दृढ इच्छा र शान्तिप्रतिको प्रतिबद्धता सहभागी नेताहरूसँग बाँड्नुभएको थियो । दुई दिनको वार्ता दुवै पक्षका लागि स्पष्ट रूपमा एक अर्कालाई आफ्नो अडान बाँड्ने राम्रो अवसर भएको उहाँले बताउनुभएको थियो ।  

यसैबीच, अफगानिस्तानमा हालैका हप्ताहरूमा हिंसात्मक गतिविधिमा उल्लेख्य वृद्धि देखिएको छ । मे महिनामा विदेशी सेना देशबाट हट्न थालेदेखि तालिबान समूहले आक्रामक कदम चालेका छन् । संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) सेनाले अगस्टको अन्त्यसम्म सैनाको फिर्ता प्रक्रियालाई पूरा गर्नेछन् । 

अफगानिस्तानमा तालिवानले धेरैभन्दा धेरै भूभाग आफ्नो नियन्त्रणमा लिइरहेको बताएको छ भने अफगान सेनाले आतङ्ककारीहरुलाई विफल पार्न प्रतिकार अभियान नै चलाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …