तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । दार्चुला घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकोले भ्रम सिर्जना हुने गरी भएको सूचना सम्प्रेषणप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सथ्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम सिर्जना हुने सूचना/समाचार सामग्री प्रकाशन नगर्न सम्बन्धित सबैमा अनुरोध गरेका हुन् । 

दार्चुलाको व्यास गाउँपालिका–२ बाट तुइन प्रयोग गरी भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन् । 

उक्त घटनाप्रति दु:ख प्रकट गर्दै मन्त्रालयले स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र सत्यतथ्य जानकारी तथा खोज उद्धारको लागि जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोली खटिइ घटनास्थलमा आवश्यक जाँचबुझ गरिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

टोली फर्किएपश्‍चात् यथार्थ जानकारी प्राप्त हुने पनि प्रवक्ता पोखरेलले विज्ञप्तिमा लेखेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …