पछिल्लो २४ घण्टामा तीन हजार १०६ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ५१९ को परीक्षण गर्दा तीन हजार १०६ सङ्क्रमित थपिएको हो ।
आज देखिएको सङ्क्रमित सङ्ख्यासहित कूल सङ्क्रमित सात लाख ५६ हजार ७३९ जना पुगेको छ । उपत्यकामा ७७५ काठमाडौँ उपत्यकामा ७७५ जना सङ्क्रमित भएका छन् । काठमाडौँमा ५१७, भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना नयाँ सङ्क्रमित पुष्टि भएको छ । नेपालमा सङ्क्रमणदर १९.३ प्रतिशत रहेको छ । एक हजार ९१६ निको यस्तै आज एक हजार ९१६ जना पूर्ण स्वास्थ्यलाभ लिई घर फर्किनुभएको छ ।
आजसँगै स्वास्थ्यलाभ लिई घर फर्केनेको सङ्ख्या छ लाख ५४ हजार १७७ पुगेका छन् । नेपालमा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । तेइसको निधन यसैगरी आज सङ्क्रमणबाट २३ जनाको निधन भएको छ । आज निधन भएकासँगै नौ हजार ८५७ जना पुगेका छन् । प्रति १० लाखमा ३३२.२ जनाको सङ्क्रमणका कारण निधन भएको छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ पुगेका छन् । मन्त्रालयका अनुसार ती मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेत रहेका छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ पुगेका छन् । यसैगरी सघन उपचारकक्ष (आइसीयू)मा ७०६, भेन्टिलेटरमा १६६, होम आइसोलेशनमा २८ हजार २५४ र संस्थागत आइसोलेशनमा तीन हजार १०१ जना रहेका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …