प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेशभित्र सञ्चालित सञ्चार संस्थालाई आर्थिक रुपमा बलियो बनाए लोकतन्त्र बलियो हुनाका साथै भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने भएकाले सञ्चार संस्थालाई सौर्य ऊर्जामार्फत निःशुल्क विद्युत आपूर्ति गर्ने योजनामा प्रदेश सरकार लागेको जानकारी दिनुभयो ।
उहाँले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई विद्युतको ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताउनुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …