कास्की । कास्कीको माछापुछ्रे गाउँपालिकाको अत्याधुनिक एवं सुविधासम्पन्न प्रशासकीय भवन निर्माण कार्यले तीव्रता पाएको छ ।
कोरोना कहरबीच स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई अघि बढाइएको हो विसं २०७८ फागुन १६ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिीनियरिङ जेभीसँग गत वषृ भदौ १५ गते ठेक्का सम्झौता गरिएको सो भवनको हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका सव–इञ्जिनीयर राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार कूल रु छ करोड ६२ लाख ११ हजारको लागतमा निर्माण गरिने सो अपाङ्गमैत्री तीनतले भवनमा ३६ कोठा र २०० व्यक्ति क्षमताको एक हलसहित अन्य दुई बैठक कोठा छन् । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समितिको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन गरिएको थियो भने बाँकी रकम गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ ।
साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा पछिल्लो समय सो भवन साँघुरो हुँदा सेवा प्रवाहमा अप्ठ्यारो परेको उहाँको भनाइ छ । नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिकसहित कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायतका विषयगत शाखा कार्यालयको समेत सेवा पनि एकै थलोबाट प्रवाह गर्न सुविधा पुग्ने विश्वास लिइएको छ ।
जिल्ला समन्वय समितिको रु ५९ लाख ९४ हजार ६४ तथा गाउँपालिकाको रु ३९ लाख ९६ हजार ४३ गरी कूल ९९ लाख ९० हजार १०७ लागतमा गाउँपालिकाको वडा ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । दुई तलाको सो पक्की भवन निर्माण गरिएको हो । पालिकाका अन्य आठ वडाका आप्mनै वडा कार्यालय भवनबाट सेवा प्रवाह भइरहेको छ ।
निर्माणाधीन प्रशासकीय भवनको अनुगमन पोखरा महानगरपालिकासहित पाँच स्थानीय तहमध्येमा पहिलो निर्माणाधीन माछापुच्छ्रे«को प्रशासकीय भवनको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री नेतृत्वको टोलीले अनुगमन गरेको छ । भवनमा प्रयोग भएको काठ सम्झौताअनुसारको नभएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि सत्यतथ्य बुझ्नाका साथै समस्याको समाधान गर्न प्राविधिकसहितको सो टोलीले स्थलगत अनुगमन गरेको हो ।
निर्माण व्यवसायीले काम गर्ने वातावरण बनाउन गाउँपालिकामा लिखित निवेदन दिनुभएको थियो भने स्थानीय केहीले व्यक्तिले ठेक्का सम्झौताअनुसारको काठ प्रयोग नभएको भन्दै गाउँपालिकामा मौखिक जानकारी गराएका थिए । टोलीले कम गुणस्तरीय भनिएको छुट्टाछुट्टै दुई भ्mयालमा प्रयोग भएको काठको परीक्षणका लागि प्रयोगशाखामा पठाउने लक्ष्यका साथ नमूना सङ्कलन गरेर ल्याएको छ ।
अनुगमनका क्रममा समन्वय समिति प्रमुख क्षेत्रीले उपस्थित स्थानीय बासिन्दा, निर्माण व्यवसायी, प्राविधिकलाई तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताउनुभयो । गुणस्तरीय विकास निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिँदै उहाँले गाउँपालिका र स्थानीयले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण तयार गर्नुपर्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …