तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) मलेसियाको ७ औं अधिवेशन जुलाई ३० तारिख शुक्रवार सम्पन्न भएको छ । सन २०२१ /२०२३ को कार्यकालको लागि अध्यक्षमा विनोद बहादुर थापा चयन हुनुभएको छ । 

अधिवेशनबाट २०२१ /२०२३ को कार्यकालको लागि  अध्यक्षमा विनोद बहादुर थापा निर्विरोध निर्वाचित भएका छन भने  वरिष्ट उपाध्यक्षमा इन्द्र नारायण लिम्बू, उपाध्यक्षमा  हेमराज सापकोटा, राकेश प्रसाद महतो, दिल कुमार केरुङ निर्वाचित भएका छन ।

यस्तै महासचिवमा रञ्जित कुमार क्षेत्री, निर्वाचित हुनुभएको छ भने सचिबमा नारायण अधिकारी, रोशन सुब्बा, र कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सह-कोषाध्यक्षमा बल ध्वज लिम्बू निर्वाचित भएका छन । युवा संयोजकमा अरुण गिरी र महिला संयोजकमा मिना पूरी गिरी, निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा वीरेन्द्र कार्की, विष्णु प्रसाद बराल, सन्तोष कार्की, श्याम बहादुर श्रेष्ठ, टेक बहादुर अधिकारी, पासाङ्ग लामा गरी १८ जना सदस्य सर्वसहमतिमा निर्वाचित भएका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोराना भाईरस (Covid-19) को कारण मलेसियामा अत्यधिक मात्रामा संक्रमण बढिरहेको अवस्थाका करण अनलाईन मार्फत अधिबेशन सम्पन्न भएको हो ।

निवर्तमान अध्यक्ष हरि भट्टराईको सभापतित्वमा भएको अधिबेशनमा प्रमुख अतिथि मलेसियाका लागि नेपाली राजदूत महामहिम उदयराज पाण्डे विशेष अतिथि एनआरएनए  आईसीसी अध्यक्ष कुमार पन्त एनआरएनए आईसीसी अभियान्ता कुल आचार्य विशेष अतिथि एनआरएनए आईसिसि मलेसियाको पुर्व अध्यक्ष एवं आईसिसि सदस्य महेन्द्र जंग शाह, विश्व राई, जनसम्पर्क समिति मलेसियाको सभापति चोला कान्त पंगेनी साथै मलेसियामा रहेको विभिन्न संस्थाका प्रतिनिधि लगायत विश्वभरीका एनसीसी अध्यक्षहरुको सहभागीता रहेको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …