हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।
गाउँपालिका–१ खैरेकोट गाउँमा पुगेर गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले वृद्धवृद्धालाई भत्ता वितरण गर्दै भन्नुभयो, “स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहानाअनुसार सुविधा हुनेगरी काम गर्नुपर्छ ।” वृद्धभत्ता लिनका लागि जिल्ला सदरमुकास्थित बैंकमा जाँदा आफूहरुले धेरै दुःख पाएको गुनासो वृद्धवृद्धाले गरेकाले घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमसमेत सञ्चालन गरी गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्नुका साथै समस्यासमेत समाधान गर्दै आएको अध्यक्ष मानन्धरले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले वर्षाका बेला जिल्ला सदरमुकामसम्म जाँदा समस्या हुने भएकोले कुमारी बैंकसँग समन्वय गरेर गाउँघरमै वृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको समाजिक सुरक्षा भत्ताका लागि परिचयपत्रसमेत गाउँघरमै पुगेर नवीकरण गरिएको उहाले जानकारी दिनुभयो
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …