वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिकाले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ ।
शवलाई आर्यघाटसम्म ल्याउनका लागि नगरवासीलाई थप सहज होस् भन्ने उद्देश्यले शववाहनको सेवा सञ्चालनमा ल्याइएको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिनुभयो । उपमहानगरपालिकाले ठेक्कामार्फत रु २३ लाख ३५ हजार लागतमा शववाहन खरिद गरेको हो । उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रूपमा खोलामा डुबेर, झुण्डिएर वा विष सेवन गरेर मृत्यु भएमा परीक्षणका लागि अस्पतालसम्म ल्याउन पनि शववाहनले सेवा दिने प्रमुख महतले बताउनुभयो ।
अख्तियार हेटौँडा कार्यालयको ५५ प्रतिशत सफलता प्रदेश राजधानी हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ दशमलव ५४ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । कार्यालयमा परेका विभिन्न प्रकारका ९२९ उजुरीमध्ये अनुसन्धान सम्पन्न गरेर ५१६ उजुरी फछ्र्योट गरेको भएको आयोगको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा बढी बाराको ३०४ र सबैभन्दा कम भक्तपुरको एउटा मात्र उजुरी परेको थियो ।
यद्यपि काठमाडौँ, ललितपुर र भक्तपुरको उजुरी काठमाडौँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा धैरै सङ्ख्यामा पर्ने गरेकाले हेटौँडास्थित कार्यालयमा उक्त जिल्लाको उजुरीको सङ्ख्या निकै कम रहेको पाइन्छ । गत आवमा कोरोनाको असहज परिस्थितिलगायत कारणबाट परेका उजुरीमध्ये धेरैको फछ्र्योट गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
अख्तियारको हेटौँडास्थित कार्यालयमा परेका उजुरीको तथ्याङ्क हेर्दा उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहका मात्र ५१८ उजुरी परेका छन् । तीमध्ये २६७ उजुरी फछ्र्योट भएको र बाँकी २५१ फछ्र्योट हुन बाँकी छ । त्यसैगरी गत आवमा सङ्घीय सरकारअन्तर्गतका कार्यालयको २३९ उजुरी परेका छन् । तीमध्ये १५३ उजुरी फछ्र्योट गरिएको छ भने ८६ वटा उजुरी फछ्र्योट हुन बाँकी छ । प्रदेशस्तरका मन्त्रालय र कार्यालयको १७२ उजुरी परेको छ । तीमध्ये ९६ उजुरी फछ्र्योट भइसकेको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …