तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४।३१ विन्दुले उकालो लागेर तीन हजार ५८।६३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११।७४ विन्दुले बढेर ५७४।०२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कूल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर रु १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उपसमूहको शेयर उकालो लागेको छ । होटल तथा पर्यटन २२।५ र सामूहिक लगानी कोष ०।२४ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ७२।१४, व्यापार २।७१, विकास बैंक १३, जलविद्युत् ७१।६, निर्जीवन बीमा ४८।४२, उत्पादन ७१।८६, अन्य ६।६, लघुवित्त ८६।२३, जीवन बीमा ३०।८६ र लगानी ०।०४ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४९ करोड ७६ लाख ६५ हजार १८२ मूल्यमा खरिद बिक्री भए । यस्तै, ग्लोबल आइएमई बैंक रु ४९ करोड ४४ लाख ३९ हजार , एनसिसी बैंक रु ३४ करोड ७८ लाख ९८ हजार ५६८, अरुण काबेली पावर रु ३४ करोड दुई लाख ६५ हजार ५३७ र एनआइसि एशिया बैंक रु ३३ करोड ८० लाख ४५ हजार ३५१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार विशाल बजार कम्पनी, ङादी ग्रुप अफ पावर, सर्पोट माइक्रोफाइनान्स राधी विद्युत् कम्पनी पञ्चकन्या माई हाइड्रोपावर, कालिका पावर कम्पनी, जोशी हाइड्रोपावर, युनिभर्सल पावर र हमालयन ऊर्जा विकास कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

लक्ष्मी उन्नती कोष ३।९५, कुमारी इक्विटी फण्ड ३।७०, लक्षमी बैंकको ऋणपत्र ३।३०, ओरियन्टल होटल २।८८ र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले २।७३ प्रतिशतले गुमाए । आजको कारोवारपछि बजार पूँजीकरण रु ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख ३३ हजार ७५६ बराबर पुगेको छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …