तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हेटौंडा — वाग्मती प्रदेश सरकारले सवारी साधनहरुको अनलाइन प्रविधिबाट नवीकरण र राजस्व भुक्तानी सेवा सुरु गरेको छ । यातायात व्यवस्थापन सूचना प्रणालीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार एक समारोहबीच शुभारम्भ गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयालको मोटरसाइकलको अनलाइनमार्फत राजस्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका थिए । यस सेवालाई सुरुमा कठिनाई भए तापनि पछिका दिनमा सहज हुने बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेशलाई डिजिटल प्रदेशको रुपमा लैजाने दाबी गरेका थिए ।

सवारी साधनको अनलनाइन प्रणालीबाट भुक्तानी प्रणालीले सेवाग्राहीहरुको समय बचत र यातायात क्षेत्रमा नै सुशासन र पारदर्शिता कायम हुने उनले बताए ।

वाग्मती प्रदेश सरकारले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७’ जारी गरी कार्यान्वयनमा ल्याएको छ । उक्त ऐनको व्यवस्था अनुसार विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न ‘विद्यूतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी नियमावली २०७८ समेत प्रदेश सरकारबाट जारी गरी कार्यान्वयनमा ल्याएको छ ।

यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान, सवारी साधन दर्ता, नवीकरण लगायतका कार्यमा सहजता आउनुको साथै राजस्व संकलनमा वृद्धि हुने दाबी गरिएको छ ।

प्रदेश सरकारको मातहतमा रहेका यातायात व्यवस्था कार्यालयसहित ६ वटा सेवा कार्यालयबाट अनलाइन प्रणालीमार्फत सेवा प्रदान गरिने जनाइएको छ ।

वाग्मतीमा नेपालमा दर्ता रहेका सवारी साधनमध्ये ४७ प्रतिशत रहेका छन् । आव २०७७/०७८ मा वाग्मती प्रदेशमा १६ लाख ४३ हजार साधन दर्ता भएका छन् । असार १५ सम्ममा ८ अर्ब ९३ करोड, ९८ लाख, ५० हजार ३९८ राजस्व संकलन गरिएको थियो । कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …