तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एक हजार परिवार विस्थापित, नेपालमा प्रभाव पर्न सक्ने

राजविराज — सप्तरीसित सीमा जोडिएको बिहार राज्यको सुपौल जिल्ला अन्तर्गत सिकरहाटामा सप्तकोसीको तटबन्ध भत्किएको छ । शुक्रबार बिहान उक्त स्थानमा तटबन्ध भत्किँदा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किएको स्थान नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर मात्र दक्षिण हो ।

बाढीले दिघिया, दूधैला, बैला, सतोखर्ड लगायतका गाउँ जलमग्न भएको सीमावर्ती स्थानीय बासिन्दाले जानकारी दिएका छन् । बाढीका कारण एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरु भारतीय राष्ट्रिय राजमार्ग(एनएच ५७) सहित विभिन्न अग्लो स्थानमा आश्रय लिइरहेका छन् ।

तटबन्ध भत्केको स्थानमा सुपौल जिल्लाका डिएम महेन्द्रकुमार, एसपी मनोजकुमारसहित कोसी योजनाका अधिकारीहरु पुगेका छन् । सुपौल जिल्लाका डिएम महेन्द्रकुमारले तत्काल तटबन्ध पुनर्निर्माणको कार्य थालिएको जानकारी दिए । उनले स्रोतसाधनको अधिकतम प्रयोग गरी पुनर्निर्माणको काम भइरहेको बताए ।

तटबन्ध भत्किएपछि कोसीको पानी विभिन्न बस्ती हुँदै बिहारमै त्रियुगा नदीमा खसेको छ ।

नेपालमा प्रभाव पर्न सक्ने

कोसी तटबन्ध बिहारमा भत्किँदा क्षतिलाई कम गर्न कोसी योजनाका अधिकारीहरुले सप्तरी र सुनसरीको सीमामा रहेका कोसी ब्यारेजका ढोकाहरु धेरै संख्यामा बन्द गरे नेपालमा पनि समस्या हुने सक्ने प्राविधिकहरुले बताएका छन् । पानीको उच्च बहावलाई रोक्न बिहार सरकार मातहतको कोसी योजनाले ब्यारेजका ढोका धेरै संख्यामा बन्द गरे ब्यारेजभन्दा उतरी क्षेत्रमा पानी जम्मा भइ ब्यारेजको संरचना र तटबन्ध लगायतका संरचनामा क्षति पुग्ने छ । तर शुक्रबार दिउँसोसम्म ब्यारेजका २२ वटा ढोका खोलिएको छ भने ब्यारेज भएर नियमित तरिकाले पानीको बहाब भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …