तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

ललितपुर । आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिबार गुरू पूर्णिमा मनाइँदै छ । व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम उल्लेख छ । ‘गु’को अर्थ ‘ अन्धकार’ र ‘रु’को अर्थ प्रकाश हुन्छ । अन्धकाररूपी अज्ञान प्रकाशतर्फ डो-याउन सफल हुने नै गुरू कहलिन्छ ।

पण्डित माधवप्रसाद शर्मा ‘गिरति अज्ञानं इति गुरूअ’ अर्थात् अज्ञान हटाएर ज्ञान प्रदान गर्नेलाई ‘गुरू’ भनिने बताउँछन् । ‘गुरू नै यथार्थ ब्रहम हो र उनकै योगदान चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ,’ उनी भन्छन्, ‘आज गुरू पूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद् लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् ।’ यसदिन गुरूलाई सम्मानपूर्वक उपहारसमेत दिने चलन छ । कतैकतै त गुरूदक्षिणा पनि दिइन्छ ।

परापूर्वकालमा गुरू भन्नेबित्तिकै गायत्री मन्त्र सिकाउने, दीक्षा दिने र धनुँबाण सिकाउने मानिन्थ्यो तर अहिले गुरूको परिभाषा विशाल भएको छ । व्यक्तिगत गुण राम्रो स्वास्थ्य, आकर्षक व्यक्तित्व, मधुर स्वर, रुचि र उत्साह, धैर्य र सहनशीलता, प्रेम र सहानुभूति, आत्मविश्वास, नैतिकता र चरित्रवान बन्न गुरूले नै सिकाउने विश्वास गरिन्छ ।

शास्त्रमा देव बृहष्पति र शुक्राचार्य गरी दुई ठूला गुरूको चर्चा गरिएको पाइन्छ । पछिल्लो समय गुरूप्रतिको व्यवहारमा परिवर्तन आएको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम विश्लेषण गर्छन् । ‘पहिले जति उच्च सम्मान अहिलेको पुस्तामा गुरूप्रति पाइन्न, उनी भन्छन्, ‘निष्ठाभन्दा स्वार्थका लागि गुरूप्रति व्यवहार दर्शाउने पाइएको छ ।

समाजमा गुरूकै नाममा फाइदा उठाउनेको पनि कमी छैन ।’ पण्डित शर्मा सुरुमा घरबाटै असल ज्ञान र शिक्षा पाउने बताउँदै बुबाआमालाई नै पहिलो गुरू मान्नुपर्नेमा जोड दिन्छन् । ‘आमाबुबाले जस्तो संस्कार सिकायो, छोराछोरी त्यस्तै हुने हो,’ उनी भन्छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …