तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत
  • सोलुखुम्बु।हिमालय मावि जुबु साेलुखुम्बुका अग्रेजी बिषयका शिक्षक लेखनाथ वनकाे असामयिक निधनले जुबुवासी शाेकमा डुबेका छन। झण्डै २० वर्षदेखिन हिमालय माविमा अस्थायी मावि दरबन्दीमा कार्यरत रहेका सरको गत बुधबार ईदकाे सार्वजनिक विदाका दिन हुनाले र अघिल्लो दिन परेको भिषण वर्षादकाे बाढी असारमा राेपेकाे धानखेतमा बाढी पसेर ढंगा बालुवा थुपारेकाे र कान्ला भत्काएको हुनाले ती बिहानै देखि खेतको ढुंगा बालुवा निकाल्ने भत्किएको कान्ला अाली थुनथान लगायतका काम गरेर बेलुकी ५ बजे तिर घर फर्कदै गर्दा बाटोमा नै शारीरिक अस्वस्थ महसुस भएको घरमा पुगेर श्रीमतीलाई बताएका र जिवनजल बनाएर पिएपछि खाटमा ढल्केर अाराम गर्दैगर्दा हल्का छातीमा गाह्रो भएजस्तै गरि ख्याक्ख्याक खाेक्दाखाेक्दै अचेत भएका थिए।

तत्काल कान्छा छाेराे अतालिदै कराउदै तल्लाे घरमा रहुनु भएका बडाबा भेषनाथलाई बाेलाएर उहाँ अाउदाँ नै भाई लेखनाथकाे निधन भैसकेको रहेछ। बिरामी भएपछि थाहा पाउने बितिक्कै धामी डाक्टरलाई समेत खबर गर्न नसकिएको अवस्था रहेको र अहिले सम्म केही कुनै किसिमको बिरामी नभएकाले कुनैपनि अाैषधीहरु सेवन नगरेकाे व्यक्ति एक्कासि यसरी मृत्यु हुदाँ उहाँका दाजुभाई छरछिमेकी,विद्यालयका सहकर्मी,विद्यार्थी,अाफन्तजन,शुभचिन्तक सबै अन्याैलमा र दुखित छन।

जुबुकै जनकल्याण माविबाट एसएलसी पास गरेपछि ईटहरीकाे जनता बहुमुखी क्याम्पसमा अाईए र विए अध्यायन पुरा गरेका लेखनाथ सरले मास्टर्स तह भने त्रिवि किर्तीपुरबाट अङ्ग्रेजी विषयमा गरेका थिए।क्याम्पस पढ्ने क्रममा गाउ कै मितेरी दाई नाता पर्ने तेज बहादुर तामाङकाे सानो झुपडीमा उहाँको परिवासगै बसी ट्युसन पढाएर पढाई खर्च धानेका थिए भने। केही समय विराटनगरकाे एभरेस्ट बाेडिङ स्कुलमा पनि अध्यापन गरेको लेखनाथ सरलाई राजा ज्ञानेन्द्र शाहकाे शाशनकाल संकटकालकाे समयमा नेपाली काङ्ग्रेसका तत्कालीन साेलु जिल्ला सभापति प्रभुराम बस्नेतले उहाँको गाउकाे बुद्ध मावि गाेलीमा मावि शिक्षककाे रुपमा लिएर जानुभएको थियोे तर त्यहाँका तत्कालीन हेडमास्टरले काङ्ग्रेसीकाे अाराेप लगाएर नियुक्ति दिएनन्।

राजनीतिक काेपाे भाजनले गर्दा गाेलीमा विद्यार्थीहरुले माग गर्दैगर्दा पनि लामो समय पढाउनु पाउनु भएन र पछि फर्केर केही समय जनकल्याणमा अनि पुनःहिमालय माविमा नै अध्यापन गराउदै अाउनुभएकाे थियोे । क्याम्पस पढ्नेक्रममा २०५३ सालमा सम्पन्न स्ववियु चुनावमा अखिल छैटौं बाट सदस्य पदमा उमेदवार बनेका लेखनाथकाे कारणले अखिल पाचौंकाे एकजना बाहेक प्यानलनै जितेको र एकपदमा नेविसंघका सदस्य विजय भएको हुनाले पछि तेहि रिसईवीले गर्दा अखिल पाचौंका साथीहरूले माअाेवादीकाे अाराेप लगाएर झण्डै १५ दिनजति प्रहरी कार्यालयमा थुनाएका थिए।

तत्कालीन सुनसरीका सिडियाे चाहिँ उहाकै जेठादाजु धर्मराज वनकाे पुराना शिक्षक सहपाठी हुनाले चिनजान कै भरमा रिहाई गरिदिएका थिए।२०५६ साल तिर नै गाउ कै एकजना दाजुभाइसग सुकेपाेखरी बजारमा सानोतिनो डिस्कस हुदा प्रहरीलाई लेखनाथ माअाेवादी हाे भनेर गिरफ्तार गर्न लगाई सल्लेरी सदरमुकाममा ल्याएर थुनेको थियोे ।त्यसबेला हालका प्रदेश माननीय बुद्धिकुमार राजभण्डारीले जमानत बसेर रिहाई गराउनुभएकाे थियोे ।व्यक्तिगत रुपमा वामपन्थीतिर झुकाव भएपनि उहाँले गाउँका अरु शिक्षकहरु जसरी कहिल्यै कसैलाई पनि याे पार्टीमा र उ पार्टीमा भनेर लविङ गर्ने गरेको जानकारी छैन।

सामाजिक कार्यमा समेत चासो दिने लेखनाथ सरले खेतीपाती वस्तुभाउ पाल्ने र अलैंची फलफूलकाे समेत उत्पादन गर्दै अाएका थिए।उहाँ अरु भन्दा भिन्नै खाले साेच भएका,प्रष्टवक्ता,चापलुसी नगर्ने,अग्रगामी विचार राख्ने हुनाले नै हाेला हालै वडामा विनियोजित बजेटकाबारे सामाजिक संजालमा असन्तुष्टि जाहेर गर्दा राम्रो नराम्रो कमेन्टहरु व्यक्त भएकाे हामीले देखेकाे छाै। लेखनाथ सरमा साहित्य,गीतसंगीत खेलकुदमा उत्तिकै दिलचस्पि थियोे भन्ने कुरा उहाले क्याम्पस पढ्दापढ्दै खण्ड काव्य प्रकाशन गरिसकेका थिए भने अाफ्नाे अंशमा पाएकाे एककित्ता बारीनै बेचेर गीतको क्यासेट निकालेका थिए। नाै जना दाजुभाई र पाँचजना दिदीबहिनी मध्येका कान्छाे लेखनाथ सरकाे ४४ वर्षमा निधन भएको थियो। एक श्रीमती र १३ र ७ वर्षका दुई छाेराहरु छन। अहिले यिनै साना छाेराहरु बाउकाे तेह्रौं दिने काममा बसेका छन।

लेखनाथ सरकाे अकल्पनीय, असामयिक निधनले अत्यन्तै दुखित तुल्याएकाे छ। यस दुखद घडीमा शाेकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलाेस भन्ने कामनाका साथ समवेदना दिदै दिवंगत अात्माकाे चिर शान्तीकाे लागि प्रार्थना अनि हार्दिक श्रद्धाञ्जली !मृतक शिक्षकको दुई छोरा र एक श्रीमती रहेका छ्न।उहाँको निधन प्रती शिक्षक विद्यार्थी राजनीतिज्ञ पत्रकार तथा सरोकारवालाहरुले समवेदना प्रकट गरेका छन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …