तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुली । सिन्धुलीकाे सुनकोसी गाउँपालिका–१ धरिनडाँडा दुम्जालाई ‘पोल्टिक्स टुरिजम’ क्षेत्रका रूपमा विकास गर्न थालिएको छ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को पुर्ख्यौली थलो दुम्जामा १ सय ७८ रोपनी क्षेत्रफलमा ५० करोड रुपैयाँको लागतमा ‘बीपी स्मृति पार्क’ निर्माण गरेर उक्त क्षेत्रलाई ‘पोल्टिक्स टुरिजम’ क्षेत्रका रूपमा विकास गर्न थालिएको हो।

बीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको जन्मघर तथा युवा उमेर बिताएको धरिनडाँडाको १ सय ७८ रोपनी क्षेत्रफलमा गुरुयोजना बनाएर नेपाली राजनीतिक इतिहासका लागि ‘पोल्टिक्स टुरिजम’ को काम सुरु गरिएको सिन्धुली क्षेत्र नम्बर २ का संघीय सांसद हरिबोल गजुरेलले बताए।

नेकपा माओवादीका नेतासमेत रहेका सांसद गजुरेलका अनुसार दुम्जालाई संघीय सरकारको नियमित बजेटमार्फत पोल्टिक्स टुरिजम क्षेत्रका रूपमा विकास गर्न लागिएको हो। धरिनडाँडा मकवानपुरका सेन राजाबाट काजी दामोदर कोइरालाले खान्की बिर्ताका रूपमा पाएका थिए। ‘तिनै कोइराला परिवाकार बीपी, मातृका, गिरिजा र सुशील कोइराला नेपालको प्रधानमन्त्री भए। यो नेपाली राजनीतिको एउटा महत्वपूर्ण इतिहास हो। त्यसैले यस क्षेत्रलाई हामीले नेपाली राजनीतिको इतिहास अध्ययन अवलोकनलाई समेत सहयोग पुग्ने गरी बीपीको स्मृतिसहित ‘पोल्टिक्स टुरिजम’ को सुरु विकास गर्न लागिएको हो,’ उनले भने।

अन्नपूर्ण पोस्टमा यो समाचार छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …