• आईतबार, साउन-१७,२०७८ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल मनोरोग विशेषज्ञ डा. गुञ्जन घोजूले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “इन्टरनेटमा अत्यधिक समय खर्चिनु भनेको पनि एक प्रकारको मानसिक रोग नै हो । धेरै इन्टरनेट वा फोन, ल्यापटपजस्ता उपकरण (ग्याजेट) मात्र चलायो र पठनपाठनतर्फ खासै ध्यान दिन सकेको छैन भने बालबालिकालाई मानसिक समस्या भएको भन्ने बुझ्नुपर्छ ।”
बालबालिकाले कुन अवस्थामा इन्टरनेट चलाइरहेको छ भन्ने बुझ्न जरुरी रहेको डा. घोजूको भनाइ छ । कुनै मानसिक तनावले पनि यस्ता प्रविधि बढी समयसम्म चलाउने गरिन्छ । उहाँले थप्नुभयो, “बालबालिकालाई के भइरहेको छ भन्ने कुरा अभिभावकले मायाले सोध्नुपर्छ ।”
अभिभावकको भनाइ बालबालिकाका लागि प्रेरणाको स्रोत हुन्छ । बालबालिकालाई आफूसँगै सिर्जनात्मक काम गर्न प्रेरित गर्न सकियो भने इन्टरनेट चलाउनमा ध्यान कम जाने उहाँको सुझाव छ ।
चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले घरबाहिर साथीभाइसँग घुलमिल गराउनुको साटो पछिल्ला दिनमा अभिभावकले मोबाइल दिएर टार्ने प्रवृत्ति हावी भएको बताउनुुभयो । उहाँले आफ्नो बच्चाले सानै उमेरमा मोबाइल चलाउन जान्नुलाई बच्चा ‘स्मार्ट’ भएको संज्ञा दिने अभिभावकहरूको पनि समाजमा कमी छैन । सामाजिक सञ्जालको संसार आफैँमा कृत्रिम भएको र त्यसमा देखाइने दृश्य तथा सामग्री बालबालिकामैत्री नहुने विज्ञको सुझाव छ ।
दृश्यमा देखाइने हत्या, हिंसाका चित्रले बालबालिकामा नजानिँदो तरिकाले असर पार्ने रघुवंशीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकदेखि डेढ घण्टाभन्दा बढी समय मोबाइलमा बिताउनु वयस्कका लागि पनि खतरा हुन्छ भने बालबालिकाका लागि त झनै खतरा हुन्छ ।”
रघुवंशीका अनुसार मोबाइलको लत अल्कोहलको नशाजस्तै हो । मोबाइलबिना बच्चा हुर्काउन सकिँदैन भन्ने बाध्यताको भ्रमलाई अभिभावकले अब समयमै चिर्नुपर्ने उहाँको भनाइ छ ।
बालमनोविद् तारा अधिकारीले प्रविधिको स्वस्थकर प्रयोगका लागि बेलुकी खानाको समय र सुत्ने समयमा मोबाइल फोनको प्रयोग निषेध गर्न सुझाव दिनुभयो । उहाँले खाना खाने टेबल, सुत्ने कोठाबाट सकेसम्म मोबाइल र टीभी टाढा राख्ने बानी बसाल्नुपर्ने जानकारी दिनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा

‘उठ तिलोत्तमा’ को विशेष परिचर्चा
पत्रपत्रिका

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि तुइन तरेर महाकाली पारि भारतको बाटो हिँड्न बाध्य छन् दार्चुलावासी, तर एसएसबीले अवैध भन्दै पटकपटक तुइन खुस्काउँदै आएको छ। दार्चुला …

न्यायालयमा पेसी तोक्ने समयदेखि सुरु हुन्छ बेथिति

काठमाडौं । न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्ष निकालेको छ । …

बाघ दिवसको अवसरमा दुई पत्रकार सम्मानित

बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार …

एमालेमा दुई अध्यक्ष बनाएर सहमति जुटाउने कसरत

अध्यक्षको अधिकार विधानतः सुनिश्चित गर्ने विषयमा अनौपचारिक छलफल, ओली र नेपालबीच वार्ता गराउने प्रयास सिद्धान्तमा एकमत, पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्ने दृष्टिकोणमा मात्रै मतभेद काठमाडौँ ।दसबुँदे …