तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गरेका छन्  ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका मुद्दालाई यथासक्य चाँडो सम्बोधन गर्न आग्रह गरिएको ठाकुर निकट एक नेताले जानकारी दिए । यसअघि मङ्गलबार जसपा अध्यक्ष ठाकुर पक्षको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा प्रतिबद्धता जनाए अनुरुपका विषय चाँडो पूरा गराउन माग गरेको थियो ।

यसले गर्दा देउवाले रेशम चौधरीलाई रिहा गर्न सक्ने संकेत पनि देखिएको छ ।

जसपाले संविधान संशोधन, झुटा मुद्दा फिर्ता, रेशम चौधरी लगायतका बन्दीहरुको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीयहरुको जनसङ्ख्याको अनुपातमा पुनः संरचनालगायत समस्या समाधान गरिनुपर्ने माग गरेको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …