तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति मलेसिया कोषाध्यक्ष जनकबहादुर बमको निधनप्रति गहिरो दु:ख व्यक गरेको छ ।

बुधवार कांग्रेस मुख्य सचिब कृष्ण प्रसाद पौडेलले एक शोक बक्तब्य जारीगरि नेपाली जनसम्पर्क समिति मलेशियामा क्रियाशील रही नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको बमको असार ३१ गते मलेशियामा निधन भएकोप्रति पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएकोले दु:ख ब्यक्त गरेको हो ।

दार्चुला जिल्ला निवासी स्वर्गीय बम विगत १५ वर्षदेखि मलेशियामा आफ्नै व्यापार / व्यवसाय गर्दै आउनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ जारी शोक बक्तब्यमा उल्लेख छ । 

शोक बक्तब्य मार्फत कांग्रेसले बमको निधनप्रति नेपाली काग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै , आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …