तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । बलिऊड अभिनेत्री शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्रालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । यौन चलचित्र उत्पादन तथा प्रसारण गरेको आरोपमा कुन्द्रालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिल्मको उत्पादनपछि इन्टरनेट एप्लीकेशन मार्फत् कुन्द्राले फिल्म प्रसारणमा संलग्न रहेको आरोपमा मुम्बई प्रहरीले कुन्द्रालाई पक्राउ गरेको हो । सोमबार साँझ मात्रै प्रहरीले ४५ वर्षीय कुन्द्रालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उक्त प्रकरणमा कुन्द्राको संलग्नता प्रमाणित गर्ने थुप्रै प्रमाण रहेको दाबी गरेको छ । सन् २०१५ मा कुन्द्रामाथि क्रिकेटको कुनै पनि गतिबिधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो । राजस्थान रोयलको मालिक हुँदा कुन्द्राम्याच फिक्सिङ प्रकरणमा दोषी ठहर भएका थिए । शिल्पा शेट्टी र कुन्द्रा दुई सन्तानका आमाबुवा हुन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …