तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सञ्चार तथा सूचना प्रविधिसहित १४ सचिव यसै वर्ष घर जाने भएका छन् । सञ्चार सचिव हरिप्रसाद बस्याल ६ गते बुधवार उमेर हदका कारण घर जाने भएका हुन । उनको भूमिकालाई देखेर सञ्चार मन्त्रालयका कतिपय  कर्मचारीले बस्याल होइन स्याल सचिव भनेर तुच्छ टिप्पणी गर्ने गरेका छन् ।

त्यस्तै अर्थ मन्त्रालयको राजस्व सचिव रामशरण पुडासैनीले यही साउन २४ गते ५८ वर्षे उमेरहदका कारण अवकाश पाउन लागेका छन् । सोमलाल सुवेदीलाई हटाएर एसियाली विकास वैंकमा जागिर खान गएका पुडासैनी नेपाल फर्केर अर्थ मन्त्रालयको राजस्व सचिव बनेका हुन् । पुडासैनी एमालेका क्याडर सचिवका रूपमा परिचित छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले उनका भाइ हरिशरण पुडासैनीलाई  चीनको ग्वान्जाओका लागि महावाणिज्यदूत  बनाएको छ । उनका अर्का भाइ लेखापाल सुरेश पुडासैनी मलेसियास्थित नेपाल दूतावासमा पोष्टिङ भएका छन् । 

अर्का काभ्रेली सचिव मुकुन्द पौडेलले पनि यही साउनमा अवकास पाउन लागेका छन्।

कृषि मन्त्रालयका सचिव डा .योगेन्द्र कार्की पनि यही आर्थिक वर्षभित्र घर जानेछन् । सचिव  राजेन्द्र खनाल पनि यसै वर्ष घर जाने तयारीमा छन् । भोजपुर हुँदै झापा झरेका केदार न्यौपाने असोजभित्रै घर जाने तयारीमा छन् । ५ वर्षे सेवा अवधिका कारण उनी घर जान लागेका हुन् । विवादित सचिव न्यौपाने अहिले युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन् ।

बाबुराम गौतम र महालेखा परीक्षकको कार्यालयला नायब महालेखापरीक्षक ईश्वर नेपाल पनि यसै आर्थिक वर्षभित्र घर जाने सूचीमा छन् । संखुवासभाली सचिव नेपालले लोकसेवा आयोगको सदस्य बन्न खोजे पनि उनको प्रयास सफल हुन सकेन । 

सचिव बढुवा भएदेखि अहिलेसम्म मन्त्रालयको अनुहार नदेखेका बागलुङ्गे सचिव बेगेन्द्रराज शर्मा पौड्याल पनि ५ वर्षे सेवा अवधिका कारण यसै वर्ष घर जाने सूचीमा छन् । निर्वाचन आयोगले सेटिङमा ओम्नी ग्रुपसँग सेकेन्ड ह्यान्ड प्रिन्टर खरिद गरी अनियमितता गर्दा सचिव पौड्यालले  हस्ताक्षर गरेका थिए ।

राजन भट्टराई पनि यसै वर्ष घर जाने सचिवको सूचीमा छन् ।

त्यस्तै तत्कालीन् प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ अस्गर अलीलाई सरकारी निकायमा भएका संवेदनशील र महत्त्वपूर्ण डाटा उपलब्ध गराउन सफल शिशिरकुमार ढुंगाना पनि यसै वर्षको माघमा घर जाने तयारीमा छन् । उनले निर्वाचन आयोगका तत्कालीन् सचिव देवकुमारी गुरामाईलाई फोन गर्दै आयोगको डाटा नदिए आफ्नो जागिर जाने भन्दै ब्लाकमेलिङ गरेका थिए । 

सरकारी डाटा दिएबापत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट उनी फेरी अर्थ मन्त्रालयको सचिवमा जाने अवसर पाएका थिए । मुख्य सचिव शंकरदास बैरागीलाई राजदूतमा पठाएर मुख्यसचिव खाने दाउमा ढुंगाना रहेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीहरु बताउँछन् ।

दोलखाली देवेन्द्र कार्की पनि यसै वर्ष घर जाने भएका छन् । भौतिक मन्त्रालय हुँदै अहिले ऊर्जा मन्त्रालयमा  पुगेका सचिव कार्की सरल व्यक्ति हुन् । 

राष्ट्रपति विद्या भण्डारीकी भाञ्जे बुहारी नाता पर्ने यामकुमारी खतिवडा पनि यसै आर्थिक वर्षमा ५ वर्ष कटाएर घर जाने तरखरमा छिन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाकी धर्मपत्नी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव खतिवडा कांग्रेस निकट भनेर परिचित छन् ।

तेह्रथुममा जन्मिएका लोकसेवा आयोगका सचिव महेन्द्र गुरागाई पनि  यसै वर्ष घर जाने सचिवको सूचीमा छन् । लोकसेवाप्रेमी सचिवका रूपमा चिनिएका गुरागाईले पनि मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाएका छैनन् । लोकसेवाको भत्तामा पल्किएका यिनी मन्त्रालयमा जान खासै चासो नदेखाएको भन्ने सुनिदै आएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …