तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

काठमाण्डौ।थुलुङ्ग दुधकोशी गाउँपालिका ९ लोखिमको वृहतर विकासको लागि गठित संस्थाले नयाँ कार्य समिति चयन गरेको छ।उक्त समाजको अध्यक्षमा होम प्रकाश राई दोस्रो कार्यकालको लागि चयन भएका हुन।राई सहित ११ सदस्यीय कार्य समिति चयन भएको सल्लाहकार दुर्गा राईले आगमनखबरलाई जानकारी दिनुभयो।

उपाध्यक्षमा सुशीला राई सचीव पाण्डव राई सहसचिव शरद राई यस्तै कोषाध्यक्ष धर्मेन्द्र राई सह-कोषाधयक्ष प्रदिप राई चयन भएको सल्लाहकार राईले बताउनु भयो।यस्तै सदस्यहरुमा टंक प्रसाद राई,प्रमिला राई,भविता राई,नविन्द्र राई र बल बहादुर राई चयन भएको राईले बताउनु भयो।उक्त कार्यक्रममा सल्लाहकार दुर्गा राई आमन्त्रित सल्लाहकार लोक बहादुर राई सञ्चारकर्मी शरद राई शिक्षक नविन्द्र राई लगाएतको उपस्थिती रहेको समाजले जनाएको छ।
काठमाण्डौमा अस्थायी बसोबास गर्ने विभिन्न पेशा व्यवसायको सिलसिलामा विद्यार्थी तथा युवाहरूलाई आर्थिक समृद्ध बनाउन उक्त संस्था गठन भएको नवनियुक्त अध्यक्ष राईले बताए।उनले संस्थालाई चुस्त दुरुस्त राखी कोसे ढुंगाको रूपमा संस्थालाई स्थापित गर्ने प्रष्ट पारे।

समाजको पहिलो साधरण सभामा आर्थिक प्रतिवेदन सँग सम्बन्धित विषयमा समेत छलफल भएको नव किरण समाजले जनाएको छ।उक्त संस्था २०७४ चैत्र १२ गते स्थापना भएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …