तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

।सामाजिक अभियान्ता बिभुषण राईले पार्टीको आगामी महाधिवेशन लक्षित लेखलाई आगमनले स्थान दिएको छ।तपाईको पनि छन भने सम्झनु होस।
नेपाली कांग्रेसलाई यति वेला महाधिवेशनको चटारो लागेको छ।को नेता बलियो र को लुते भनेर परिक्षण पनि सुरु हुन थालेको छ।यसै सन्दर्भमा
पार्टीमा नेतृत्व चयनको लागि मात्र नभएर आगामी दिनमा पार्टीको लागि योग्य परिवर्तनशिल र अवल बनाउने नेतालाई नेतृत्व दिनु पर्छ र पार्टीलाई रुपान्तरण गर्नु पर्छ साथै नेतृत्व लिन चाहानेलाई दिनु पर्छ महाधिवेशनको मिति नजिकिंदै गर्दा कांग्रेसमा नेतृत्वको बहसले प्राथमिकता पाएको छ।

कोरोना महामारीका कारण भेला भएरै छलफल हुन नपाए पनि विभिन्न संस्थाका नाममा गुटगत भर्चुअल छलफल बढेको छ । हरेक छलफल महाधिवेशनबाट आफू अनुकूल नेतृत्व कसरी स्थापित गर्ने भन्ने चिन्ता–चासोमा केन्द्रित भएको पाइन्छ । पार्टीको भावी नीति कस्तो हुने भन्नेमा नेताहरू बोलेको विरलै सुनिन्छ ।

‘नीति, विधि र एजेण्डामा उभिने कांग्रेस चाहिएको छ हामीलाई।केवल नेतृत्वको कुरा गरेर नीति छोड्ने हो भने कांग्रेस अगाडि बढ्न सक्दैन’नेता केवल आफ्नो स्वार्थको लागि गुडगत भेला गर्न मात्र व्यस्त भएको देखिन्छ यो परिपाटी हटाउनु पर्छ भन्ने मेरो व्यक्तिगत धारणा रहेको छ।

महाधिवेशन हुन अढाई महिना बाँकी छँदा कांग्रेस भित्र विचार, सिद्धान्त र कार्यनीति बारे छलफल भएको छैन,’यो कुरामा आम कर्याकर्ताहरुले दु:खद गुनासो गरेको देखिन्छ ।वैचारिक बहस र स्तरमा नेपाली कांग्रेसले प्राप्त गरेको विजयलाई चुनावी प्रक्रियामा रुपन्तरण नहुनुले एउटा गम्भिर सैद्धान्तिक प्रश्न त तेर्साएको छ दैछ यस सँगै चुनावी परिणामले आम लोकतन्त्रप्रेमी कांग्रेस, काङ्ग्रेसी र शुभचिन्तकहरुमा पारेको प्रभावले पार्टीको दैनिकी नै नरामरोसंग प्रभावित भएको छ।जनताको मन मुटुमा बिजाउँन सक्ने नेतृत्व पक्कै आउँने महाधिवेशनमा चयन हुन सक्छ भन्ने मेरो धारणा छ।तर फेरि मैले विगतको नेतृत्व असक्षम हो भन्न खोजेको चै होईन।कांग्रेसका आदर्शलाई अझ बढी बलियो बनाउन सबै नेता तथा कार्यकर्ता हातमा हात काधमा काध मिलाएर मतैके हुन जरुरी छ।साथै विरोध र प्रतिस्रोतको राजनीतिले आफुलाई नै कमजोर बनाउछ भन्न चहान्छु।राई नेपाल विद्यार्थी संघको नेता पनि हुनुहुन्छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …