तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ,। बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।

जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३ अङ्कले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७.५ अङ्कको वृद्धि भएको छ । यी उपसमूहको त्लनामा अरु उपसमूहको शेयरमा उल्लेख्य वृद्धि नभए पनि नेप्से बढाउन सहयोगी देखिएका छन् । नेप्सेका अनुसार वित्त १८१.२६, ले बढ्दा बैंकिङ ४५.१३, व्यापार ३४.८३, जलविद्युत् ७८.५५, उत्पादन ९६.४, अन्य ९.०१, लघुवित्त १३३.५, सामूहिक लगानी कोष ०.१४ र लगानी २.८२ अङ्कले बढेको छ । 

लगातार ओरालो लागेको नेप्से आज भने हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ७४.७१ बिन्दुले बढेर नेप्से दुई हजार ८९९.८२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १३.१७ अङ्कले बढेर ५४३.४३ मा पुगेको छ । 

कूल २२५ कम्पनीको तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर रु आठ अर्ब छ करोड १३ लाख ८२ हजार ४९६ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार बराबर पुगेको छ ।

कारोवारका आधारमा एनआइसि एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ९६ लाख ११ हहजार ५९५ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २५ करोड ८१ लाख ८२ हजार १४०, नेपाल बैंक रु २४ करोड ४३ लाख ८४ हजार ६००, नेपाल पूर्वाधार बैंक रु १८ करोड ७८ लाख ४५ हजार ६४२ र मञ्जुश्री फाइनान्स रु १७ करोड ६७ लाख ५१ हजार १२५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।   

गुर्खाज फाइनान्स श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साइन रेसुङा ९.९८, मल्टीप्रर्पोज फाइनान्स ९.९७, समृद्धि फाइनान्स ९.९५, महालक्षमी विकास बैंक ९.९३ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५, ओरियन्टल होटल २.७०, एनबिबिएल डिवेञ्चर १.८५, लक्ष्मी विकास बैंकको ऋणपत्र १.२३ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.०८ प्रतिशतले गुमाए ।     

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …