तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल स्याङ्जा वालिङ

यसै जुन महिनाको २१ तारिकको दिन नेपाल समेत विश्वका धेरै देशहरुमा योग शिविरको संचालन, शुभकामना आदान प्रदान तथा योगका वारे विभिन्न अन्तकृया, वक्तव्य तथा लेख रचनाहरु प्रकाशन गर्दै विश्वभर अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ । यस दिन नेपालमा पनि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्युले सरकारका तर्फबाट योगको महत्वको वारे लामो वक्तव्य जारी गर्नुभयो र साथसाथै योग र प्रणायाम वारे जनस्तरमा पनि सघन चर्चा भएको छ मानौ नेपालमा योग आशन प्रणायामका अभ्यासीहरु धेरै छौं ।  

योगाभ्यास जसले गर्दछ उसले मात्र प्रतक्ष लाभको अनुभूति गर्दछ, यसको व्याख्यान र भाषणले मात्र हाम्रो स्वास्थमा कुनै  लाभ  हुदैन  तसर्थ हामी कतिले  योगाशन तथा प्रणायामको नियमित साधना गरेर जीवनलाई धन्य गराउने तर्फ लागेका छौ ?   

वैदिक सनातन धर्मका ६ वटा दर्शनहरु मध्ये योग दर्शनले योगको मार्गबाट मानिसको शरीर,मन र आत्माको एकता तथा स्वास्थ्य कायम गरी चित्तको निरोध गर्ने , चित्तको निरोधबाट दुःखको नाश हुने र अन्ततः ईश्वर संग जोडिने कुरामा विश्वास गर्दछ र शुत्ररुपमा यसको नियम र विधिको निर्धारण गरेको छ । 

आजको आधुनिक यूगमा मोक्ष र  इस्वर प्राप्तीको खोज भन्दा पनि कुन मार्ग र माध्यमबाट शरीर र मनलाई  स्वस्थ्य राखेर जीवनलाई सफल राख्न सकिन्छ  भन्ने  चासो रहने गर्दछ । तर स्वास्थ्यलाभको मात्र लक्ष राखेर विधिपुर्वक योग तथा प्रणायाम  गरियो भने शरीर र मनको स्वास्थ्य  त राम्रो हुन्छ नै हाम्रो चित्तभूमिको सत्व पक्ष (जो हर मानिसको चित्तको पर्तमा रहने गर्दछ ) कृयाशील हुनजादो रहेछ अनजान मै, यस सम्वन्धमा मेरो आफ्रनो सानो अनुभव यँहा साझा गर्ने प्रयास गरेको छु, ।

यो काम र त्यो काममा दैनिक १२। १४ घण्टा सम्मको दौडभाग गर्दा कुनै विमारी देखिए आलटाल गर्ने, डाक्टरले जाँचेर दिएको औषधी नियमित नखाने र फेरी जाँच्न वोलाएको वेलामा नजाने गर्दैगर्दा २०६३ सालको वैशाख सम्म आईपुग्दा मेरो शरीरमा धेरै समस्याहरु देखिन थाल्यो, दाँत पनि विग्रेकोछ, छालामा समस्या छ, ढाड पनि दुखेको छ ग्यस्टिक त छदैछ, मनमा जतिवेला पनि डरमात्र लाग्छ, शरीरको आकर्षण छैन जुङरुङग देखिन्छ, निदलाग्दैन, खाना मनलाग्दैन, रिंगटा लाग्छ डाक्टर कँहा जादा कतिवटा डाक्टरलाई देखाउने यति धेरै रोग छ भनेर देखाउने प्यासेन्टलाई मानसिक रोगीको रुपमा हेरिदो रहेछ । 

यो पटक डाक्टहरुको परीक्षण पछि सवै खालका दवाई लिदै गएँ र त्यसमा उच्च रक्तचाप कमगर्ने प्रार्थमिक चरणको दवाई पनि थियो । डाक्टर संगको ५ पटकको फलोअप सम्पर्कमा मुटुरोग विशेषज्ञले भने ‘तपाई भर्खर ४३ वर्षको हुनुहुन्छ, अहिल्यै देखी उच्च रक्तचापको दवाई खाई राख्न भन्दा योग, आशन प्रणायमबाट रक्तचापलाई विस्तारै नियन्त्रणमा राख्न सकिने एउटा विकल्प हो, दवाई लैजानु होस, खाँदै गर्नु होस तर समयक्रममा स्वास्थ्य सुधार हुदै गएर दवाई लिन नपर्ने पनि हुन सक्छ भन्ने’ संकेत गरे । 

वरिष्ठ मुटु रोग विशेषज्ञको यो सल्लाह मेरोलागि पक्कै लाभदायक हुनसकने विश्वास लाग्यो तर प्रणायम तथा योग कसबाट कहाँ सिक्ने । त्यतिवेला भारतमा स्वामी रामदेवजीले भर्खर योगाआशन तथा प्रणायमको शिविरहरु भारतीय केही शहरहरुमा गर्दै यसको प्रचार प्रशार गर्न लागेका थिए सायद त्यतिवेला सम्म सिडी पनि वजारमा आएको थिएन र स्थानीयस्तरमा सिकाउने कोही प्रशिक्षक पनि थिएनन ।  एक कर्मचारी मित्र संग रामदेव आँफैले हिन्दी भाषामा योग आशन र प्रणायम कसरी गर्ने र कुन प्रणायम तथा आशनबाट के फाईदाहरु हुन्छ भन्ने विषयमा लेखिएको पुस्तक फेला पारे, कितावमा धेरै विधिहरु समेटिएको थियो । लेखे जति सवै आसन व्यायाम गर्दा ३।४ घन्टा समय लाग्छ, वढीमा १ घण्टामा  गर्न सकिने र मेरो शरीरमा देखिएका रोगहरुका लागि प्रभावकारी हुनसक्नेमात्र छनौट गरें ।

प्रणायमको लागि सौच गरि पेट खाली भएको हुनुपर्ने नियमको अनुशरण गर्दै पहिलो पटक २०६३ सालको मुङ्रिसर २६ गते विहान ५ वजे हलुका लुगालगाएर, शरीर टाउको सिधा गरेर सुखासनमा वसें । गायत्री गुरुलाई स्मरण र नमस्कार गरीसकेर  लामो सास लिएर ५ पटक सम्म ओमकारको ध्वनी निकाल्ने प्रयास गरे । 

यस पछि मुख वन्दगरी लामो सासलिएर पेट भर्ने र त्यति नै समय लगाएर लिएको सासलाई नाकबाटै वाहिर फ्रयाकेर खाली गर्ने र फेरी त्यही प्रकृया दोहोर्रयाउने यो भास्त्रिका प्रणायाम ३ मिनेट मात्र गर्न सकें,यो प्रकृया पछि शरीर कतै भुई छाडेर माथी उड्रदैछ जस्तो भान भयो र धेरै आनन्द अनुभव भयो सायद यस्तो आनन्दको भेउ पाए भने रक्सि र गाँजा खानेहरु यता लाग्ने छन किन भने गाँजाले एकछिन मज्जा दिएर फेरी शरीरका लागि धेरै घातक हुने गर्दछ । वीचमा एकपटक हातको शुक्ष्म व्यायम गरेपछि पेटलाई वलगरेर भित्र दवाउने सास वाहिर निस्कन्छ र पेट सहज अवस्थामा फर्कन्छ फेरी उसै गर्ने निकै अप्ठारो लागेको कपमालभाटी २ मिनट मात्र गरें । यसपछि  खुट्रटाको शुक्ष्म व्यायम ३० पटक जति  वटरफ्लाई गरी १ मिनेट जति आराम गरे शरीरमा यतिवेला सम्म पसिना निस्केर भिजीसकेको थियो ।  

यो प्रकृया पछि ४ मिनेट अनुलोम विलोम गरी सकेर, करिव  १० पटक भ्रामरी  गरिकन अन्त्यमा ५ पटक ओमकार गर्दै पहिलो दिनको प्रणायामको सत्र समापन गरें । दैनिक अभ्यास गर्दै जाँदा हुन गएका त्रुटीहरु सच्चिदै जान थाल्यो र प्रणायामको समय पनि थप्दै लगे । १५ दिनबाट शरीरमा प्रणायामका प्रभावहरु देखिन थाल्यो जसले मलाई हौसला र आत्म विश्वास वढायो । तव उच्च रक्तचापको दवाई क्रमशः घटाउदै लगे दैनिक खानुपर्नेमा २ दिनमा ३ दिनमा  गर्दै २ महिना पछि पुरै दवाई वन्द गरे । २०६३।८।२६ देखी अहिले सम्म मैले कुनै दिन पनि प्रणायाम छोडेको छैन रात्रीवसमा यात्रा गर्दा पनि उजेलो हुन लागेपछि सीटमै वसेर यो कृयालाई जारी राखेको थिएं । 

अहिले मैलै भाष्त्रिका, कपालभाटी र अनुलोम विलोम क्रमशः ७, ८ र ७ मिनेट र अन्य शुक्ष्म व्यायम समेत  विहानमा जम्मा ४५ मिनेट  लगाएर यो विधालाई जारी राखेको छु । यसले मेरो उच्चरक्तचापको समस्या पुरै समाधान भयो, धेरै पुरानो खश्रो दाज हराएकोछ, ढाड दुख्ने रोग ठीक भएकोछ, घाँटीमा टन्सिलको समस्या भैरहन्थ्यो अहिले हुदैन र अहिले मैले कुनैपनि औषधी खान परेको छैन । शरीरको तौल स्वास्थ्य मापदण्ड अनुसार को छ र फिटनेस पनि । कतिपटक  मोटरसाईकलबाट दुर्धटनमा पर्दा शरीर आँफै लचिलो भएर पछारिन्छ,ठूलो चोटपटक लागेको छैन योगले शरीरमा गराएको लचकताको परिणाम हो । वाँणी खश्रो छ भने नरम वन्न लाग्दछ । कहीँ वोल्न पर्दा,मन्चमा भाषण गर्दा डराउने अकमकिने समस्यामा सुधार हुन्छ र स्मरणशक्ति पनि राम्रो वनाउदछ ।  

भाव कोमल हुदै जान्छ तपाई हिजो जति कडा मिजाजको हुनुहुन्थ्यो अव त्यस्तो हुनुसक्नु हुनेछैन यदि तपाई कुनै सेवा दिने ठाउँमा हुनुहुन्छ भने योगाशन प्रणायमको अभ्यास पछि तपाईको व्यवहारमा धेरै परिवर्तन भएको अनुभव गर्नेछन् सेवाग्राहीले । हर समय न्याय दया र उपकारमा मन जान थाल्छ र सकेसम्म सत्यवोल्ने प्रेरणा जाग्छ ।  कर्तव्यलाई पुरा गर्ने दायित्वबाट भाग्नै सक्दैन एक योगी वरु अझ राम्रो गर्दछ ।  प्रणायामले हाम्रो सजगता र चेतनालाई उध्र्वगामी वनाउदै जान्छ स्वअध्यायन चिन्तन मनन असल साहित्यको संगत गर्ने इच्छा वढ्रदै जान लाग्दछ, । तत्वज्ञान ,दर्शन शास्त्र, व्रम्ह, श्रृष्टि,ज्ञान, निर्वाण मोक्ष जस्ता विषयमा चासो वढ्रन जाने गर्दछ।

योगीहरुकै संगत गर्ने क्रममा ओसो दर्शनको अध्यायन संग जोडिने अवसर जुट्रयो र ध्यानमा पनि सरीक भएंंं । मलाई लाग्छ  पतन्जली योग दर्शनले ध्यानको वातावरण तैयार गर्दछ र त्यो पृष्ठभूमिमा ओसोको विधिअनुसारको ध्यानमा वस्दा धेरै प्रभावकारी भएको मैले अनुभव गरेको छु, । ध्यान आगो हो यसमा हाम्रा कल्मषहरु जल्छन । 

ध्यानबाट प्रकाशित ह्रदयमा हाम्रा अज्ञान र पागलपनहरु छर्लङ्रग देखिन्छ त्यसोभएर ध्यानका क्रममा साधकहरु चिच्याएर रुन्छन त असतलाई सत ठानेर र सतलाई असत ठानेर व्यवहार गरेको संझेर खित्का छाडेर वरवराएर हास्छन पनि कवि लेखनाथ पौडेलको चिता खित्का छाडी हास्यो मरीमरी भनेजस्तै  । इमान्दार भएर पुर्ण प्रयासका साथ १ घन्टाको ओसो डाइनामिक ध्यान, कुन्डलीनि ध्यानमा वस्दा क्षणभरनै किन नहोस विराट संगको एकाकारको दुर्लभ अनुभूतिको साईत जुर्न असम्भव पनि छैन जसका लागि योगिहरु जीवनभर प्रतीक्षा गर्दछन् ।

योग,आशन ध्यान प्रणायाम सकेसम्म योग्यगुरु वा प्रशिक्षकबाट सिक्न राम्रो हुन्छ किन भने ठीक तरिकाले नगरिएमा त्यति प्रभावकारी हुदैन । कतिपय व्यक्तिको शारिरिक अवस्था हेरिकन आशन प्रणायामको तरिका निर्धारण गर्नुपर्ने हुन्छ जस्तै पेट मुटुको शल्यक्रिया गरिएकाहरुको लागि, गर्भावस्थामा रहेका महिलाहरुको लगि गम्भीर स्वास्थ्य अवस्था भएकाहरुको लागि कपालभाटी र कडाखालका व्यायाम गर्दा असर गर्न सक्तछ । योग नियमित रुपमा गरिनु पर्दछ अन्यथा यसले खासै परिणाम दिदैन, कतिपय देखिन्छ शिविरमा सयौं सहभागी हुन्छन तर नियमित १ जना सम्मले योग गरेको पाउन सकिदैन र चर्चाअनुसार नेपालमा नियमित योग गर्नेको संख्या तेती धेरै छैन मैले कुनै लेखमा देखेको थिएँ करिव देशभरमा १७ । १८००० मात्र ।  

नियमितरुपमा योग गरेपछि शरीरमा भएका रोगहरु विस्तारै निको हुदै जान्छ र शरीरमा थप रोग त प्रवेश नै गर्दैन भन्दा पनि हुन्छ । विश्वस्वास्थ्य संगठनले पनि योगको महत्वलाई स्वीकार गरेको छ र उसको अध्यायन अनुसार योग गर्नेहरुमा नसर्ने रोगहरु लाग्ने सम्भावना कम देखाएको छ यसर्थ हामी सवैले दैनिक केही समय निकालेर योग गरौ स्वस्थ्य रहौ र जीवनलाई सफल वनाउने संकल्प गरौ सफल भईन्छ । 

(यो लेख व्यक्तिगत कुराको वयानको लागि नभएर अनुभवको साझेदारीको लागि मात्र हो अन्यथा भएमा क्षमा प्रार्थी छु ।)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …