तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं  । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भएको शिष्टाचार भेटमा दुई देशका निर्वाचन व्यवस्थापन निकायबीचको आपसीसम्बन्धबारे विचारविमर्श भएको छ ।

दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाइरहँदा उहाँहरुबीच भएको भेटमा आगामी दिनमा दुवै निकायबीच सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गरी आपसी सहयोग आदान–प्रदान गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर रहेको र आगामी दिनमा निरन्तर सहकार्य हुने बताउनुभयो । उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ तथा स्थानीय तह निर्वाचनको सन्दर्भमा समेत दुई देशका निर्वाचन व्यवस्थापन निकायका बीचमा आपसी अनुभव आदान–प्रदान हुने र सम्वन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका सचिव सुरेश अधिकारीले नेपालको निर्वाचन प्रणाली, पद्धति, प्रक्रिया, चरण र निर्वाचन व्यवस्थापनका विभिन्न आयामका सम्बन्धमा जानकारी गराउँदै अन्य क्षेत्रको सहयोगका अतिरिक्त निर्वाचनका क्षेत्रमा दुवै देशका निर्वाचन व्यवस्थापन निकायबीचमा आपसी सहयोग गर्न सकिने बताउनुभयो ।    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …