तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झापा । सवारी दुर्घटनामा पति गुमाएर माइतीको संरक्षणमा पुगेकी शिवसताक्षी नगरपालिका–११ की एकल महिला भीमाकुमारी चौधरी राईलाई नेपाली कांगेसले आर्थिक सहयोग जुटाएर घर बनाइदिएको छ । 

एकतले पक्की घरको निर्माणकार्य सम्पन्न भइसकेको हुँदा अब रङरोगन गरेर हस्तान्तरण गर्न मात्र बाँकी छ । घर निर्माणमा रु १४ लाख खर्च भएको छ । 

नेपाली कांग्रेस शिवसताक्षी नगर समिति र पार्टीको वडा नं ११ समितिले संयुक्तरूपमा घर निर्माण गरेका हुन् ।स्थानीय रामबहादुर चौधरीसँग विसं २०५९ मा अन्तरजातीय विवाह गर्नुभएकी भीमाकुमारीका पतिको एक दशकअघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । भीमाकुमारीका दुई छोरा छोरी छन् । माइतीमा बसेर उहाँले जनमन गरेर बालबच्चाको पालनपोषण गर्दै आउनुभएको छ । 

घरबारविहीन भएका कारण उहाँको घर निर्माणमा पार्टीले अग्रसरता लिएको जनाउँदै कांग्रेस शिवसताक्षी नगर समितिका सभापति परशुराम ढुङ्गानाले आगामी विपी जयन्तीमा भीमाकुमारीलाई घर हस्तान्तरण गरिने बताउनुभयो । घर निर्माण उपभोक्ता समितिका अध्यक्ष विनोद ढकालले पार्टी परिवार र विदेशबाट शुभेच्छुकहरुले भीमाकुमारीको घर बनाउन आर्थिक सहयोग प्रदान गरेको जानकारी दिनुभयो । 

सोमबार नेपाली कांग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिले सो घर निर्माणका लागि रु ५५ हजार सहयोग पठाएको उहाँले जानकारी दिनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …