तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लण्डन । नेपालमा कोभिड–१९ को दोस्रो लहरबाट नेपाली समुदायलाई बचाउन खोप र अक्सिजन प्रदान गर्न एम्नेष्टी युकेले सोमबार विज्ञप्ति निकालेर विश्व समुदायलाई आग्रह गरेको छ ।

नेपालमा रहेको हालको पूर्वाधारले अहिलेकै अवस्थाको कोभिड बिरामी धान्न समस्या भइरहेकाले अक्सिजन, आइसियू शय्या, व्यक्तिगत सुरक्षा उपकरण र खोप लगायतका सामग्री उपलब्ध गराउन आग्रह गरिएको हो ।

एम्नेस्टी इन्टरनेशनलका एशिया–प्यासिफिक निर्देशक यामिनी मिश्राले भारतमा जस्तै परिस्थिति नेपालमा पनि आउन सक्ने भएकाले तत्कालै अक्सिजन, भेन्टिलेटर, खोप तथा अन्य जीवनदायी उत्पादनको आपूर्ति गनुपर्ने अवथा रहेको बताउनुभयो । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेपाललाई अझ बढी खोपको आवश्यकता पर्दछ । 

चीन र अमेरिकाजस्ता मुलुकले खोप उपलब्ध गराउने बचन दिए पनि यो पर्याप्त छैन । खोपमा समान पहुँच सुनिश्चित गर्न कोभाक्सजस्ता विश्वव्यापी प्रणालीलाई स्पष्टरूपमा समर्थन प्रदान गर्नुपर्छ र स्थानीयरूपमा खोप उत्पादन गर्न संशाधन र प्रविधि स्थानान्तरणलाई प्राथमिकता दिनुपर्छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …