तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

सोलुखुम्बु। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बल बहादुर केसीले महाकुलुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको छ।

उहाले करिब ६ लाख मूल्य बराबरको ४७ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न भएको हो।
पुर्वमन्त्री बल बहादुर केसी सहित नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुहरि बास्तोला, नेपाली कांग्रेस सोलुखुम्बुका सचिव भलाकाजी कुलुङ, जिल्ला सदस्य युवराज घिमिरे र ने:वि:संघ सोलुखुम्बुका उपाध्यक्ष जीवन बस्नेत समेतको उपस्थिति थियो।

उक्त स्वास्थ्य सामाग्रीहरु महाकुलुङ गाउँपालिकाले पालिका भित्रका अत्यावश्यक क्षेत्रमा वितरण गर्ने बताएको छ !

पुर्वमन्त्री केसीको समुहले महाकुलुङ गाउँपालिकालाई हस्तान्तरण गरेका सामाग्रीहरुमा अक्सिजन कन्सरट्रेटर २ थान, पल्सअक्सिमिटर ६ थान, पिपिई सेट ९३ थान, केएन ९५ मास्क ६५ थान, सर्जिकल मास्क २५० थान, क्याप ४०० थान, थर्मल गन, फेस स्लाइडर, सेनिटाईजर तथा विभिन्न प्रकारका ओैषधीहरु सहित ४७ प्रकारका स्वास्थ्य सामाग्रीहरु रहेको महाकुलुङ गाउँपालिकाका सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिएका छन् ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री केसीले स्वास्थ्य संकटको निरुपण गर्न सबैपक्ष एकजुट हुनुपर्ने बताउँदै आँफू पनि जनताको जीवनरक्षाको लागि माध्यम मात्रै बनेको बताउनु भएको छ।

उक्त स्वास्थ सामाग्री बुझ्दै महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किँराती उपाध्यक्ष विपना कुलुङ ५ नम्बर वडाध्यक्ष सञ्चराम कुलुङ लगाएतले बुझनु भएको थियो।सामाग्री संकटको घडीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा सहयोगी दाता लगायत सम्बन्धित पक्षलाई महाकुलुङ गाउँपालिकाले धन्यवाद दिँदै संकट निवारणमा पुर्वमन्त्री केसीको समन्वयको पक्षलाई सबै पक्षले अनुशरण गनुपर्ने बताएको छ।

पुर्वमन्त्री केसीले गत २० गते सोलुखुम्बुकै नेचासल्यान गाउँपालिकालाई पनि १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलालाई हस्तान्तरण गरेका थिए ।

पूर्वमन्त्री केसीको अनुरोध नेचासल्यान वडा नं २ का वडध्यक्ष भेषकुमार बास्तोलाको पहलमा काठमाडौं स्थित बोधीसत्व विहारले उपलब्ध गराएको सो स्वास्थ्य सामाग्री कृष्ण फिल्मस (काठमाण्डौ) का निर्देशक बाबुराजा केसी ‘उज्वल’को समन्वयमा काठमाडौंबाट सोलुखुम्बु पठाईएको बताईएको छ!

जनताको हरेक सुख दु:खमा आफू सहयात्री बन्न चाहेको केसीको भनाई छ। उहाँको जताततै प्रशंसा भै रहेकोे छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …