तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ ।

आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेडवर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

त्यससँगै स्थानीयवासीले माग गरेको सडक निर्माणको प्रक्रिया अघि बढाइने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । आयोजनाअन्तर्गत पहुँच सडक निर्माण भइरहेको छ । सडक सम्पन्न भएपछि मात्रै सुरुङ र हेडवर्कको ठेक्का लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक नबनेसम्म सुन्दरीजलमा काम गर्न सकिने भएपनि याङ्ग्री वा लार्के खोलामा गर्न सकिँदैन ।

आयोजनाको पहिलो चरणअन्तर्गत अहिले मेलम्ची खोलामा ‘हेडवर्क’ निर्माण भइरहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलामा छुट्टाछुट्टै ‘हेडवर्क’ बनाउनुपर्ने प्रवक्ता पन्तले बताउनुभयो । त्यस्तै दोस्रो चरणमा कम लम्बाइका दुई सुरुङसमेत निर्माण गर्नुपर्ने हुन्छ । डिजाइनअनुसार शुरुमा लार्केबाट दुई किमी सुरुङ बनाएर याङ्ग्री खोलामा पानी खसालिन्छ ।

याङ्ग्रीबाट पनि अर्को सुरुङ बनाएर त्यो पानी मेलम्चीमा खसालिने उहाँले बताउनुभयो । याङ्गीबाट मेलम्चीसम्मको सुरुङको लम्बाई नौ किमी रहेको छ । उहाँले भन्नुभयो, “दुबै सुरुङ बनेपछि दुबै खोलाको पानी मेलम्चीमा मिसिने छ ।”     

मेलम्ची खोलाबाट सुन्दरीजलसम्मको सुरुङको लम्बाई २७ किमी छ । 

यो सुरुङभन्दा दोस्रो चरणमा निर्माण हुने सुरुङहरुको लम्बाई कम हुने भएकाले कम समयमा सकिने प्रवक्ता पन्तले बताउनुभयो । त्यस्तै, पहिले सुरुङ निर्माणको अनुभव नभएपनि अहिले अनुभव भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्रोत उपलब्ध भएमा धेरै समय लाग्दैन ।दोस्रो चरणको निर्माणस्थल याङ्ग्रीसम्म पुग्न २५ किमी पहुँच सडक निर्माण गत वर्ष शुरु भएको थियो ।

सडक विभाग र समिति दुबैले स्तरोन्नतिको काम गरिरहेका छन् । सडक विभागले भइरहेको सडकको स्तरोन्नति गरिरहेको छ । समितिले झण्डै १० किमी र विभागले १५ किमी सडक निर्माण गरिरहेको छ । गत आवमा निर्माण शुरु भएकामा आगामी आवमा सकिने प्रवक्ता पन्तले बताउनुभयो । सडक निर्माण भइरहँदा याङ्ग्री र लार्केमा हेडवर्क वा सुरुङ निर्माण नसकिए पनि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने उहाँले बताउनुभयो ।दोस्रो चरणमा आयोजना निर्माणस्थलमा अहिले क्याम्प बनाउने, मुआब्जा बाँड्ने, वातावरण व्यवस्थापनलगायतका काम भइरहेको छ ।

अघि नै अध्ययनको काम भइसकेको छ । पहिलो चरणमा एशियाली विकास बैंकको सहयोगमा आयोजना निर्माण भएकामा बैंकले दोस्रो चरणको निर्माणमा समेत चासो देखाएको छ ।     

चालु आवमा मेलम्ची खोलाको पानी वितरण शुरु भएकामा सरकारले आगामी आवमा सोही आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट काठमाडौँ उपत्यकामा पानी ल्याउन आवश्यक पूर्वाधार निर्माण अघि बढाउने योजना बनाएको छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप १७-१७ गरी ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । आगामी आवमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरिएको छ ।     

सरकारले आगामी आवमा काठमाडौँ उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गर्ने योजना बनाएको छ । पहिलो चरणमा चार थोक प्रणालीबाट ११३ किमी नयाँ वितरण लाइन थप गरी एक लाख १० हजार घरधुरीमा पानी वितरण गरिने बजेट बक्तव्यमा उल्लेख छ । त्यस्तै, दोस्रो चरणको पानी वितरणका लागि कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका स्थानमा संरचना निर्माण अघि बढाइने छ । सो कामका लागि सरकारले रु चार अर्ब ७९ करोड विनियोजन गरेको छ ।    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …