तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

हिन्दू धर्म दर्शनले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ भनेको छ । अर्थात असहाय, पीडित, दीन–दु:खी मानिसको सेवा नै भगवानको सेवा हो।’ भनेको छ । तर अहिले दरिद्र मानसिकताले भरिएका केही व्यक्तिहरुका कारण समाजसेवा एउटा फेसन बनेको छ । समाजसेवा गर्ने समाजसेवी बन्नेहरुको होडबाजी चलेको छ ।

अनौठो कुरा त के छ भने जसले केही गर्दैन, बिहान बेलुका चिया पसलमा बसेर गफ मात्र गर्छ, ऊ पनि समाज सेवी हुन्छ । समाज सेवा के हो भन्ने कुरा स्पष्ट नभए पनि हाम्रो सभ्यतामा समाजसेवा प्रशंसनीय कार्य हो, समाजसेवी आदर्श व्यक्ति हो । अहिले नेपालमा सेवा कै नाममा अनेक संस्था, संगठन खुलेका छन् ।यहाँ सेवाकै नाममा धेरैको रोजीरोटी चलेको छ । राजनितिक दल पनि जनताको सेवा गर्छौं भन्छन्, अस्पताल, अदालत, आदि त झन् सेवा गर्नकै लागि बनेका , सरकारी कर्मचारी त झन् नाम नै राष्ट्रसेवक कर्मचारी भैहाले, व्यापारीहरु पनि ‘सेवा गर्ने मौका अवश्य दिनुहोला’ भन्छन् । यति धेरै सेवकहरु भएको देशमा मानिसहरु चाहिं किन रोग, शोक र भोकको पिडामा बाँच्नु परेको होला ?

पछिल्लो वर्षहरुको तथ्यांक हेर्ने हो भने नेपालमा प्रत्येक वर्ष दुई हजार भन्दा बढी संस्थाहरुले समाज कल्याण परिषदको आवद्धता लिने गर्दछन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा पचास हजार भन्दा बढी संस्थाहरुले समाज कल्याण परिषदको आवद्धता लिइसकेका छन् । यस्तो आवद्धता लिने संस्थाहरुको सदस्यहरुमा वरिष्ठ देखि कनिष्ठसम्म छन् ।

हुन त महान वैज्ञानिक अलबर्ट आइन्सटाइनले पनि अरुको सेवामा समर्पित जीवन मात्र बाँच्न लायक जीवन हुन्छ भनेका छन् । त्यसैगरी महात्मा गान्धीले पनि आफूलाई भेटाउने सबैभन्दा उत्तम तरिका आफूलाई अरुको सेवामा समर्पित गरिदिनु हो भनेका छन् । सेवा आफैमा महान कार्य हो । तर सेवाको नाममा मेवा खाने र मेवाको नाममा ढेवाको कारोबार गर्नेहरु प्रति चाहिं अब सचेत हुनु पर्ने बेला आएको छ । कुनै पनि व्यवसायिकता नहुने, अनि अनैतिक वा अवैध तरिकाले पैसा कमाएर समाजको सक्रिय प्रणालीलाई निश्क्रिय बनाउँदै समाजलाई नै अपहरण गर्न खोज्नेहरु बजारीय समाजसेवीहरु बाट पनि अब सचेत हुनु पर्ने बेला आएको छ ।

चन्दा शैलिमा पैसा उठाएर समाजसेवा गर्ने प्रचलन सायद नेपालमा मात्र होला । अन्य देशहरुमा कुनै विपत्तिमा परेकाहरुलाई सहयोग गर्नु परे सरकारको च्यारिटी फन्ड वा अन्य कुनै आदिकारिक संस्था मार्फत मात्र गर्न पाइने प्रावधान रहेछ । अहिले कोरोना ग्रसित देशहरुले च्यारिटिको लागि अनलाइन आह्वान गरिरहेकाछन । यस्तै खालको आह्वान नेपाल सरकारले ´प्रधानमन्त्री राहत कोष` तथा स्थानीय सरकारहरुले पनि च्यारिटी फन्ड खोलेर गरेको छ।

समाजसेवाका क्षेत्रमा सक्रिय थुप्रै संघ संस्था र त्यसमा संलग्न व्यक्ति र तिनका गतिविधिहरु संदिग्ध देखा परेको छ । मानव सेवा गर्न तन, मन, धनको आवश्यकता पर्दछ । तन, मन र धन कालो हुनु हुँदैन । गुप्तदान, श्रमदान नेपाली समाजमा प्राचीनकाल देखि नै हुँदै आएको हो । समाजसेवामा लाग्नेहरू स्वस्फूर्त र देखाउनका लागि लागेको पाइन्छ । स्वस्फूर्त समाज सेवामा लाग्नेहरू नि:स्वार्थ हुन्छन् । हृदयदेखि नै समाज सेवामा समर्पित भएका हुन्छन् । उनीहरूको योगदानले समाजमा उल्लेख कार्य गरेको हुन्छ ।

तर अहिले हाम्रो देश नेपालमा चाहिँ समाजसेवा एउटा फस्टाएको पेशा जस्तै बन्दै गएको छ ।शुन्य लगानिमा मनग्य दाम र नाम कमाउन सकिने गजबको पेशा । मानौ मान्छेहरु सिए , अधिकृतको जागिर छाडेर समाजसेवालाई अंगालिरहेका छन । पिडितको पिडालाई बडो मार्मिक ढंगले देखाएर देश तथा विशेषगरी वैदेशिक रोजगारका लागि देश बाहिर रहेका हरुलाई भावनात्मक बहकाउमा पारेर तन्नै पैसा उठाएर केही रकम पिडितलाई दिने र बाकी आफ्नो समृद्धिमा खर्चिने ।

एउटा उदाहरण,
पोहोर साल बारा र पर्सामा भीषण हावाहुरी आएको थियो । उक्त हावाहुरीले त्यहाको दुईवटा गरिब मुस्लिम बस्ति नै उडाएर लगेको थियो । धेरै व्यक्ति,संस्थाहरुले राहत र उद्वार सामाग्री बोकेर गएको देखेपछि आफुलाई पनि केही गरौ भन्ने चाहाना जाग्यो । र त्यसपछि म र मेरो साथी हुसेनले चिनेजानेका व्यक्तिहरु सङ्ग हल्का सहयोग मागेर त्यसमा हामिले थपेर पचास हजार जतिको राहत सामाग्री लिएर जाने निर्णय गर्‍यौ । र हामिले तिन दिने आकस्मिक राहत संकलन गर्ने भनेर फेसबुकमा घोषणा गर्‍यौ । घोषणा गरेको केहि घन्टामै पचास हजार रकम सहयोग उठ्यो । र तीन दिनमा झन्डै तिन लाख सहयोग रकम उठ्यो । साथिभाइहरुले हामी प्रती गरेको अटुलनिय विश्वास देखेर हामी अचम्मित र धन्य भयौ ।

चौथो दिन हामी राहत बाड्न हावाहुरी प्रभावित क्षेत्रमा गयौ र निकै प्रभावकारी ढंगले बाड्यौ । थोरै पैसामा धेरै र महत्वपूर्ण राहत बाडेको हाम्रो उक्त अभियानको प्रशंसा राष्ट्रिय मिडियाहरुले समेत गरेका थिए । तर हामिले उक्त काम न समाजसेवि बन्नका लागि गरेका थियौ,न त कसैलाई देखाउनका लागि नै ।

उक्त राहत अभियान सुरु गरेदेखि अन्तिमसम्म पाँच दिनको अबधिमा यातायात,खाने बस्ने तथा स्रोतसाधन जुटाउदा हामी दुईजनाको बीस-बीस हजार व्यक्तिगत खर्च भइसकेको थियो । साथी व्यवसायी थियो। म बेरोजगार । एउटा कामको लागि भारतको दिल्ली जाने भनेर रोल्पा बाट काठमाडौ आएको म, आधा पैसा त्यसरी सकिएर फेरि रोल्पा नै फर्केको थिए ।

मेरो उदाहरणको मतलब आफ्नो व्यवसाय वा कुनै मनग्य आम्दानी हुने पेशा नभएको व्यक्तिले निस्वार्थ समाजसेवा गर्न असम्भव छ , भन्ने हो । कसैले आफ्नो घरखेत बेचेर आफू भिखारी भइ समाजसेवा गर्दैन । कसैले गर्छु भन्छ,भने त्यो पागल हो । या त दुनियाँलाई पागल बनाउदैछ । हिजो आफै राहत थाप्नेहरुको लाइनमा उभिनेहरु समाजसेवी अभियान्ता बनेर कसरि कार बाइकमा चढ्छ्न ? काठमाडौमा घर कसरी बनाउछ्न ? गरिब,दुखी, पिडितलाई सहयोग गरेको देखेर भगवानले वरदान स्वरुप दिएका हुन त ? पक्कै होइनन् यदि त्यस्तो हुदो हो त बिनोद चौधरी व्यापार गर्न छाडेर समाजसेवी बन्ने थिए ।

अहिले नेपालमा दुखी,पीडितहरुको संख्या भन्दा बढी पीडित समाजसेवी/अभियान्ताहरुको संख्या बढी छ।
तसर्थ कसैलाई सहयोग गर्न चाहानुहुन्छ भने तपाई आफै सिधै पिडितलाई सहयोग गर्नुहोस् । यसरी सहयोग गर्दा पीडित र तपाई दाता दुबै जना सुरक्षीत बन्नुहुनेछ ।

-तपाई हामिले जम्मा गरेको हेल्प नेपाल नामक च्यारिटि फन्डको करोडौ पैसा खोइ ?
-रोल्पाका दिलबहादुर बचाउ अभियान बाट बचेको पैसा खोइ ? जुन अभियानमा म स्वयं पनि सहभागी थिए ।
-प्रेम राई बचाउ अभियान बाट बचेको पैसा खोइ ?
-बिनोद रानाभाट बचाउ अभियान बाट बचेको पैसा खोइ ?
यी त केही प्रतिनिधि प्रतिबिम्बहरु मात्र हुन ।समाजसेवाको नाममा यस्ता सयौ अभियानको मन्चन गरेर करोडौ कमाउनेहरु हाम्रै आँखा अगाडि समाजसेवी कहलिएर हिडिरहेकाछन । निस्वार्थ रुपले समाजसेवा गरिरहेका समाजसेविहरुलाई सम्मान गरौ । र नाम र दामका लागि समासेवालाई पेशा बनाएका समाजका भाइरसहरुको पहिचान गरौ, र बचौ । कोरोनाले व्यक्तिलाई मार्छ । यस्ता भाइरसहरुले समाज र सिंगो देशलाई मार्छन ।

कविराज बानिया
रोल्पा नेपाल
हाल – मध्य युरोप 

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …