तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

रामेछाप । यस वर्ष पनि रामेछापमा रासायनिक मल अभाव भएको छ । रामेछापका किसानले विगतका वर्षमा बेहोनपरेको सास्ती यो वर्ष पनि बेहोर्नपर्ने देखिन्छ । समयमै मल नपाउँदा किसान चिन्तित हुन थालेका छन् । गाई भैंसीको मल पर्याप्त नहुने हुँदा किसान रासायनिक मल मा भर पनपर्ने बाध्यता रामेछापका किसानको रहेको छ । किसानको आवश्यकता अनुसार रासायनिक मलका लागि कृषि सामाग्री केन्द्रलाई जानकारी गराइएको भए पनि हालसम्म पनि उपलब्ध गराउन नसकेको पालिकाहरूले जनाएका छन् । 

किसानको समस्या चाँडै समाधान गर्न पालिका लागिरहेको र रासायनिक मलको समस्या हुन नदिने लिखु तामाकोसी गाउँपालिकाले जनाएको छ । जसरी हुन्छ किसानले खेती लगाउने बेलासम्म आफूले रासायनिक मल उपलब्ध गराउने लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले जानकारी दिएका छन् । सनापती र दोरम्बा गाउँपालिकामा पनि समस्या उस्तै रहेको पलिकाले जानकारी दिएका छन् । मल लिन पटकपटक गाडी पठाउँदा पनि बनेपाको साल्ट ट्रेडिङले खाली पठाएको सुनापती गाउँपालिकाका अध्यक्ष द्यावा लामाले बताए । 

विगतमा किसानले भोगेको समस्या यो वर्ष नहोस् भनेर लाग्दा पनि सम्बन्धित निकायले रासायनिक मल उपलब्ध गराउन नसकेको लामाको भनाइ छ । विभिन्न कषि सहकारीलाई रासायनिक मल आपूर्ति गरेर किसानलाई सहज बनाउन स्वीकृति दिएको भए पनि किसानको मागअनुसार आपूर्ति हुन नसकेको दोरम्बा गाउँपालिकाका कषि शाखा प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए । किसानले जति बेला आवश्यक पर्छ त्यतिबेला मात्र माग गरेकाले यस्तो समस्या आएको उनको भनाइ रहेको छ । 

किसानलाई रासायनिक मल अभाव नहोस् भनेर उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीसंयोजकत्वमा समिति बनाएर आपूर्ति सहज गराउने प्रयत्न गरेको थियो । तर , पालिकामा किसानलाई आवश्यक पर्ने रासायनिक मल प्राप्त गर्न नसकेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की बताउँछिन् । 

आफूहरूले सक्दो प्रयास गरिरहेको र सम्बन्धित निकायसँग कुरा गरिरहेको पनि कार्कीले बताइन् । मन्थली नगरपालिका -१ बाहेक बाँकी सबै वडामा रासायनिक मल हाहाकार भएको छ । आपूर्ति सहज बनाउन विभिन्न कृषि सहकारीलाई अनुमति दिएको भए पनि रासायनिक मल पाउन नसकेको मन्थली नगरपालिका -२ का अध्यक्ष तरणी शक अधिकारीले बताएका छन् । 

यता मन्थली नगरपालिकाले भने माग गर्न आउने सबैलाई सिफारिस दिएर पठाएको बताएको छ । नगरपालिकाभित्रका १४ वटै वडामा एक / एक वटा सप्लायर्स छनोट गरी आपूर्तिका लागि सिफारिस गरिएको नगरपालिकाका कषि शाखा प्रमुख योवन राज सुनुवारले जानकारी दिएका छन् । 

सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानले मार खेप्नुपरेको पनि सुनुवारको भनाइ छ । रामेछाप नगरपालिकामा भने आशिक रूपमा रासायनिक मल ल्याएको भए पनि पूर्णरूपमा नपुगेको नगरपालिकाले जनाएको छ । दुईवटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको रामेछापमा केही पालिकाले भने समयमै आफ्ना किसानलाई रासायनिक मल उपलब्ध गराएको जनाएका छन् । 

यस्तै , खाँडादेवी गाउँपालिकाले भने समयमै किसानलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराइसकेको जनाएको छ । किसानको मागअनुसार रासायनिक मल उपलब्ध गराएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिएका छन् । गोकुलगंगा गाउँपालिकाले भने सधै रासायनिक मल अभाव भइरहने समस्या नआओस् भनेर किसानलाई प्रांगारिक मल उत्पादनमा जोड दिएको छ । 

अभियान नै सञ्चालन गरेर किसानलाई प्रांगारिक मल उत्पादन गर्न आह्वान गरेको गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिएका छन् । रामेछापमा वार्षिक युरियामल ३ हजार ७ सय ५२ टन , डीएपी मल १ हजार ९ सय ५७ टन र पोटास मल १ हजार ३ ९ टन आवश्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …