तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेस निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले उनीसहित ३ जनालाई समाएको थियो ।

नियन्त्रणमा लिई बिहीबारदेखि बैदाम प्रहरी चौकीमा राखेकोमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट आदेश आएपछि शुक्रबार दिउँसो ३ बजेतिर रिहा गरिएको हो ।

राजनीतिक चलखेलका लागि पोखरा आएको आशंका उनीमाथि गरिएको भए पनि अन्ततः निषेधाज्ञा उल्लंघन आरोपमा जनही २ हजार जरिवानासहित रिहा गरिएको बताइएको छ । लामालाई तत्काल रिहा नगरे सडक आन्दोलनमा उत्रिने भन्दै कास्की, काभ्रे काँग्रेसले चेतावनी दिएको थियो ।

काभ्रे काँग्रेस सभापति मधु आचार्यले विज्ञप्ति मार्फत रिहाइको लागि माग गरेका थिए ।

विज्ञप्ति पस्चात  देश तथा बिदेशबाट नेपाली काङ्ग्रेस समर्थक, शुभचिन्तकहरुले चर्को आवाज गर्दै रिहाइको माग गरेका थिए ।

सभापति आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका थिए ।लामा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवर हुन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …