तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । मंगलबार नेप्से परिसूचकमा रेकर्ड ब्रेक भएको छ । गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नै रेकर्ड ब्रेक गर्दै मंगलबार ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर बजार अधिकतम ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

त्यसो त आज ठूला क वर्गका कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ७ दशमलव ४७ अंकले बढेर ५२८ दशमलव १० विन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार यस दिन सबैजसो समूहहरु धनात्मक हुँदा होटल तथा पर्यटन, माइक्रोफाइनान्स र लगानीका क्षेत्रहरु ऋणात्मक भएका छन् ।

आज कुल २१८ कम्पनीका ३ करोड ५७ लाख ३७४ कित्ता सेयर १ लाख ४९ हजार ७०८ पटक किनबेच हुँदा कुल १६ अर्ब ९६ करोड १२ लाख ९९ हजार ४० रुपैयाँको कारोबार भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …