तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा थप सहयोगका लागि क्यानाडामा रहेका विभिन्नसंघ सस्थासंग सहकार्य गरि ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स उपकरण नेपाल सरकारलाई हस्तान्तर गरेको छ ।

नेपालमा अक्सिजनको अभाव हुन थालेपछि एनआरएनए क्यानाडाको निरन्तर पहल स्वरूप ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स नेपाल सरकारलाई हस्तान्तर गरेको  हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत क्यानाडामा रहेका विभिन्नसंघ सस्थाको सहकार्यमा संकलित रकमबाट ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको ७५ थान अक्सिजन कन्सन्ट्रेटर्स आज एक कार्यक्रम गरी नेपाल सरकारका स्वास्थमन्त्री शेर बहादुर तमाङलाई हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रमा बोल्दै गैर आबसीय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले अक्सिजन कन्सन्ट्रेटरको अत्याबश्यक रहेको प्रदेश वा क्षेत्रहरुलाई उच्च  प्रार्थमिकता दिई यथासक्दो छिटो र न्यायोचित बितरण गर्न  जोड दिनु पर्ने ध्यानाकर्षण गराउदै अभियानमा जोडिनु भएका सम्पुर्ण सस्थाहरु र ब्यक्तिहरुलाई धन्यबाद ब्यक्त गरेका छन   

कार्यक्रममा नेपाल सरकारका स्वास्थ मन्त्री शेर बहादुर तामाङ, एन आर एन ए अध्यक्ष कुमार पन्त, लोजिस्टिक प्रबन्धक तथा   एन आर एन ए का उपाध्यक्ष डा. बद्री के सि , जिवा लामिछाने, उपेन्द्र यादब लगाएतले एनआरएनए क्यानडा साथै एनआरएनए क्यानाडाको अभियानमा सहभागि सम्पूर्ण  संघ सस्था ब्यक्तीहरुलाई बिशेष आभार ब्यक्त गरेका छन । 

एनआरएनए क्यानाडाले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान हातेमालो गर्दै क्यानाडा स्थित(Nepalese Canadian Heritage Centre) (NCHC) पशुपतीनाथ मन्दिर  ग्रेटर टोरन्टोक्षेत्र मार्फत १० थान, नेपाली सांस्कृतिक समाज मनिटोबा (NCSM) ५ थान, एनआरएन क्यानाडा उपाध्यक्ष एवम माल्टन सांसद उमेदबार विजय पौडेल, पूर्णिमा डागा परिवारमार्फत ५ थान, ब्रिरिटिश कोलम्बिया नेपाली सांस्कृतिक समाज (NCSBC) ५ थान, नेपाली क्यानाडाली समाज एडमन्टन (NECASE) ५ थान, नेपाली मधेसी समुदाय क्यानाडा (NMCC) ३ थान, नेपाली समुदाय नेटवर्क क्यानाडा (NCNC) २ थान, नेपाली क्यानाडाली सामुदायिक सेवा (NCCS) २ थान, बाग्लुङ सेवा समाज क्यानडा २ थान, नेपाली समुदाय एसोसिएटियो (CNCA), क्यालगरी १ थान, कृष्ण केसी र मना केसी स्कार्बोरो १ थान, लियाम अन्तर्राष्ट्रिय निगम क्यानडा र डा.पुण्य कडेल १ थान ,नेपाली जनजातिसंघ क्यानाडा (NJAC) १ थान, उमाशंकर मल्लिक ब्रम्पटन १ थान र विदेशी नेपाली एकता फोरम (ONUF) क्यानडा १ थान, टोरन्टो स्पोर्ट कल्ब १ थान सहयोग गरि अभियानमा सहभागी रहेको संघले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …