काठमाडौं । नेपाली जनसंपर्क समिती क्यानाडाले “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान मार्फत नेपालमा कोरोना महामारीको संकटमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ २ लाख रुपैयाँ सहयोग गरेको छ ।
सरकारको चरम लापरवाही , कुशासन र संवेदनहीनताका कारण आम नागरिक बीच कोभिड -१९ को संक्रमण नेपालमा तीव्र रुपमा फैलिरहेकोले नेपाली काङ्ग्रेसले सम्पूर्ण जनसंपर्क समितीहरुलाई सहयोगको लागी अपील गरे सँगै नेपाली जनसंपर्क समिती क्यानाडाले नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान मार्फत सो रकम पार्टी केन्दिय कार्यलयमा बुझाएको नेपाली जनसंपर्क समिती क्यानाडाका सभापति बुद्दी प्रकाश ओलीले आफ्नो समाजिक सजाल मार्फत जानकारी गराएका हुन ।
ओलीले नेपाली कांग्रेस पार्टीको कोरोना राहत कोषमा नेपाली जनसम्पर्क समिती क्यानाडाद्वारा संकलन गरिएको रकम जम्मा गरिएको जानकारी गराउदै सम्पूर्ण परोपकारी मनहरुलाई सदा दिन पुगिरहोस सहयोगको लागी नेपाली कांग्रेस पार्टी र नेपाली जनसम्पर्क समिती क्यानाडाको तर्फबाट कोटी कोटी नमन गर्दछौ भनेका छन ।
गोफन्डबाट उठाएको रकमको कमिसन र रेमिटान्स मार्फत नेपाल पठाउदा लाग्ने शुल्क कटाई बाँकी रहेको नेपाली दुई लाख रुपैयाँ समितिका केन्द्रिय सदस्य कमल सुबेदीले जनसंपर्क समिती क्यानाडाको तर्फबाट पार्टी केन्द्रिय कार्यालयको खातामा नगद जम्मा गरेको बैंक भौचर कांग्रेस सह महामन्त्रि प्रकाश शरण महतलाई हस्तान्तरण गरेको सभापति ओलीले जानकारी दिए ।
काङ्ग्रेसले जनसम्पर्क समितिसँग जोडिएका संघ – संस्था , गैर आवासीय संघका पदाधिकारी एवं सदस्यहरु तथा अन्य व्यक्तिहरुबाट अक्सिजन तथा कोरोना नियन्त्रण सम्बन्धित स्वास्थ सामाग्री खरिदका लागि सहयोग रकम रु. एक करोड रुपैया जम्मा भै सकेको र सो रकम पार्टीले चाडै बितरण गर्ने कांग्रेस सह महामन्त्रि तथा कोविड्-१९ संयोजक प्रकाश शरण महतले जानकारी गराउनु भयो ।
त्यस्तै नेपाली जनसंपर्क समिती अमेरिकाद्वारा रु ५० लाख रुपैयाँ पार्टी केन्द्रिय कार्यालयको खातामा नगद जम्मा गरेको कांग्रेस आमन्त्रित केन्द्रिय सदस्य तथा जनसंपर्क समिती अमेरिकाका सभापति आनन्द बिष्टले जानकारी दिनुभयो।
उदारतापूर्वक प्राप्त सहयोग रकम र कोभिड -१९ को प्रयोजनको लागि गरिएको खर्चको विवरणको अभिलेख पार्टी केन्द्रमा राखिने काङ्ग्रेसले जनाएको छ।
काङ्ग्रेसले सम्बन्धित जनसम्पर्क समिति , व्यक्ति वा संस्थाहरुले सिधै स्वास्थ्य समाग्रीहरु पार्टी मार्फत वितरण गर्न र पठाउन सक्ने भनी पत्रचार गरेको थियो ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …