तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से मा हिजोआज हरेक दिन ऐतिहासिक रेकर्ड कायम हुन थालेको छ । यसैक्रम साताको अन्तिम कारोबार दिन बिहीबार हालसम्मकै उच्च कारोबार भएको छ । २९ दशमलव ५५ अंकले वृद्धि हुँदै नेप्से २८५६ दशमलव ६७ बिन्दुमा पुग्दो करिब १७ अर्ब रुपियाँको कारोबार भएको छ । दुवै बिन्दु नेप्सेको इतिहासमा हालसम्मकै उच्च हो ।

यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख ५१ हजार रुपियाँ पुगेको छ । बजार पुँजीकरण पनि हालसम्मै उच्च हो । बिहीबार कुल २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार रुपियाँमा कारोबार भएको छ ।
साढे ३९ खर्ब रुपियाँभन्दा माथि पुगेको शेयर बजारको समग्र पुँजीकरण देशको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी०भन्दा बढी रहेको छ । शेयर बजारको कुल पुँजी जीडीपीको वरिपरि घुम्नुलाई पुँजी बजारका लागि सकारात्मक मानिए पनि जीडीपीभन्दा धेरै माथि समग्र पुँजीकरण हुन थाल्यो भने शेयर बजारका लागि खतराको संकेत हुन सक्ने विश्लेषकहरूको भनाइ छ । बिहीबार कारोबारमा आएका १३ वटा समूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ समूहको सूचक नकारात्मक देखिएका छन् । हाइड्रोपावर समूहको सूचक सबैभन्दा धेरै घटेको छ।

यस दिन पनि कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो स्थानमा रहेको छ । सो कम्पनीको मात्रै एक अर्ब दुई करोड ७० लाख रुपियाँभन्दा बढीको शेयर किनबेच भएको छ । यस्तै छिमेक लघुवित्त विकास बैंकको ६८ करोड १६ लाख, लुम्बिनी विकास बैंकको ३५ करोड पाँच लाख, नेपाल बंगलादेश बैंकको ३३ करोड २२ लाख र नेपाल पूर्वाधार बैंकको ३३ करोड १३ लाख रुपियाँभन्दा बढीको कारोबार हुँदै उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा अगाडि रहेका छन् ।

बिहीबार मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । साथै गोर्खाज फाइनान्सको ९ दशमलव ६८, ग्रीन डेभलपमेन्ट बैंकको ९ दशमलव ५५, साइन रेसुंगा डेभलपमेन्ट बैंककाको ७ दशमलव ९५ प्रतिशतले शेयर मूल्य बढेको छ । तर, पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, बरुण हाइड्रोपावर, घलेम्दी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने तुलनात्मकपमा बढी गुमाएको नेप्सेले जनाएको छ ।

साढे ३९ खर्ब रुपियाँभन्दा माथि पुगेको शेयर बजारको समग्र पुँजीकरण देशको कुल गार्हस्थ्य उत्पादन जीडीपी भन्दा बढी रहेको छ । शेयर बजारको कुल पुँजी जीडीपीको वरिपरि घुम्नुलाई पुँजी बजारका लागि सकारात्मक मानिए पनि जीडीपीभन्दा धेरै माथि समग्र पुँजीकरण हुन थाल्यो भने शेयर बजारका लागि खतराको संकेत हुन सक्ने विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …