तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा पनि बिरामीको चाप बढेको छ । गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ, रिग्मो, पुग्मोलगायतका गाउँमा बिरामी बढेका हुन् । कोेभिड–१९ का लक्षणसँग मिल्दाजुल्दा बिरामी बढेसँगै जनप्रतिनिधिले बाहिरका मान्छे प्रवेशमा कडाइ गरेका छन् ।

नेपालकै गहिरो ताल फोक्सुण्डो जान आन्तरिक तथा बाह्य पर्यटक सबैलाई पिसिआर वा एन्टिजेन नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर राख्दै नेगेटिभ रिपोर्टबिनाका जोकोहीलाई प्रवेशमा रोक लगाइएको फोक्सुण्डोका वडाध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

कोभिड–१९ लक्षणसँग मिल्दोजुल्दा बिरामी बढेपछि शे–फोक्सुण्डो गाउँपालिकाले यथाशीघ्र हेलिकोप्टरमा औषधि पठाउने तयारी थालेको छ । नागरिक जोगाउनका लागि काठमाडौँबाट सिधै अत्यावश्यक औषधि तथा उपकरण हेलिकोप्टरमा लैजाने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपानेले जानकारी दिनुभयो ।

गाउँपालिकाको विभिन्न बस्तीमा नागरिक बिरामी परेको खबर आएकाले छिटोछरितो औषधि उपकरण पठाउन हेलिकोप्टर कम्पनीसँग कुरा भइरहेको उहाँको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …