तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौं । देशभर कोरोना संक्रमणबाट दैनिक सरदर मृत्युदर घट्दोक्रममा पाइएको छ । गत बुधबारदेखि मंगलबारसम्म आधार मान्दा प्रतिदिन सरदर १ सय ८ जनाको मृत्यु हुने गरेको छ । गत ५ जेठमा एकै दिन २ सय ४६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको थियो ।

एक साता अवधिमा ७ सय ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबार १ सय ४५, बिहीबार १ सय ६, शुक्रबार ९६, शनिबार १ सय १६, आइतबार १ सय ९ जनाको मृत्यु भएको छ ।

त्यस्तै, संक्रमणबाट सोमबार १ सय १४ र मंगलबार ६८ जनाको मृत्यु भयो । मंगलबार मृतक संख्या २ अंकमा झरेको छ । हालसम्म ७ हजार ४ सय ५४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै, मंगलबार देशभर ६ हजार ८ सय ९८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८ सय ९८ जना निको भएका हुन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३ सय ४४ जना पुगेको छ ।

मंगलबार देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ जना पुगेको छ ।

हाल, देशभर १ हजार ४ सय ९१ आईसीयू र ४ सय ४ संक्रमित भेन्टिलेटरमा छन् । प्रदेश १ मा २ सय ३४ आईसीयू र ६० भेन्टिलेटर, प्रदेश २ मा १ सय २० आईसीयू र ३० भेन्टिलेटरमा छन् । बाग्मती प्रदेशमा ७ सय २१ आईसीयू र २ सय ४६ जना भेन्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १ सय ४९ जना आईसीयू र २८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय ७२ जना आईसीयू र २४ जना भेन्टिलेटर, कर्णालीमा ५३ जना आईसीयू र ६ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ४२ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, चीनले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको १० लाख मात्रा भेरोसिल खोपमध्ये ८ लाख मंगलबार आइपुगेको छ ।

नेपाल वायु सेवा निगमको जहाजले मंगलबार दिउँसो बेइजिङबाट खोप काठमाडौं ल्याएको हो । खोप केही दिनमै ज्येष्ठ नागरिकलाई लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । राजधानी दैनिकमा खबर छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …