तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो देश स्तब्ध भएको छ ।

दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भए पश्चात सामाजिक संजालमा  ‘उज्ज्वल थापाको जीवन र विचार’ ले जनताको मन जित्न सफल भएका थापाको उपचारमा कमजोरी हुनुलाई  सरकार हत्यारा भएको टिका टिप्पणीहरु गरेका छन्। 

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेल्नुभएको थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति भएको छ ‘खासगरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकारलगायत मुद्दामा नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमका लागि राज्यलाई दवाव दिने विधि स्थापित गर्न थापाको भूमिका माथि हत्या गरिएको सर्बसाधारणको आरोप लागेको छ। 

संस्थापक थापाले अँगाल्नुभएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गले आम नागरिकलाई कर माथि थुपार्ने तर जनताको स्वास्थ उपचारमा बेवास्था गर्नुले उज्वल जस्ता हजारौं युवाहरुले अकालमा ज्यान  गुमाउनु पर्ने तत्थ साबित भएको बुद्धीजिबीहरु आ आफ्नो सामाजिक सन्जालमा पोस्ट गरेका छन ।  

यस्तो छ उज्ज्वल थापाको भाई कृष्ण थापाले गरेको पोस्ट : 

यो यउटा सामान्य मरण होईन, हत्या हो । उज्जल जस्तै हजारौ होनहार नेपालीहरुको मृत्‍युको कारण अहिलेका नेताहरु र राज्य संरचना हो जसले:

-समयमै पुर्ब तयारि नगर्नु

-समयमै खोप ल्याउने ब्यबस्था नगर्नु  

ल्यायको खोप पनि सिमीत ब्यक्तिलाई मात्र दिनु (नेता र भरौटेहरुलाई)

-अमेरिका र युरोपमा महामारी हुंदा रमिते बने, केहि सिकेनन्, बिज्ञको कुरा सुनेनन्।

यिनै कुरालाई अगाडि बढाएर निर्णायक आन्दोलन गर्नु पर्ने देख्छु नत्र अन्य धेरै होनहारहरु यो वा त्यो कारणबाट हामिले ज्यान गुमाउनु पर्ने दिन आउन सक्छ ।

यसमा सबै पार्टिका सचेत युवालाई समाहित गर्ने पर्यास गरोस बिबेकशिलले ।

यतिबेला राज्यका सबै संरचनागत प्रणाली ध्वस्त छन्। लूट र माफियातन्त्रको जञ्जिरमा फँसेको देशले उन्मुक्ति खोजीरहेको छ । राज्यमाथिको दोहनविरुद्ध खबरदारी गर्दै नेपाललाई समृद्ध र सवल राष्ट्र बनाउने अठोट र अभियानमा केही युवा र बुद्धिजीवीहरु अघि बढिरहेका छन्।

वैकल्पिक राजनीतिमार्फत् आशाको सञ्चार गर्ने अभियन्ता उज्वल थापा विवेकशील नेपाली दलका संस्थापक तथा विवेकशील साझा पार्टीमा संयोजक रहेर काम गरेका थापाले नेपालमा सुशासनका लागि झण्डै एक दशक निरन्तर संघर्ष गरेका थिए ।

लूटतन्त्र ढालेरै छोड्ने छौं, उद्यमशील समाज बनाएरै छोड्छौं, नेपालको स्वाभिमान फर्काएरै छोड्छौं, अरु भेडाजस्ता होइनौं जस्ता थापाको बिचारलाई आम नेपालीहरुको साथ पाउने समय नजिकीदै गर्दा राज्यका संरचनागत प्रणालीका कारण अस्ताउन पुगे ।

माफियातन्त्रको अन्त्यका लागि प्रशासनीय क्षेत्रमै हस्तक्षेपकारी सुधारको आवश्यकता औल्याउँदै थापाले त्यसतर्फ पूर्णरुपमा केन्द्रित रहेर अगाडि बड्दै नेपाली समाजमा रहेको कुरीति, भ्रष्टचार, विभेदपूर्ण संरचना र कलुसित मानसिकताबाट ग्रस्त स्वार्थ समूहलाई जरैदेखि फाल्ने अभियानमा लागेका युवाहरुको अगुवाई गरिरहँदा मंगलबारको दु:खद घटनाले सारा नेपालीहरुको आस्था शोकमा डुब्यो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …