तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि र त्यसभन्दा केही दिन पहिले समेत हरेक दिन नयाँ नयाँ रेकर्ड बनाएको नेप्से पछिल्ला दिनमा भने सुस्ताएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ११.६८ अङ्कले घटेर दुई हजाार ७७१.१५ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ ले ओरालो लागेर ४९८.८६ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता शेयर रु आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ मूल्यमा खरिद बिक्री भए ।

आजको कारोवारपछि बजार पूँजीकरण रु ३८ खर्ब ४५ अर्ब ७० करोड २५ लाख ४५ हजार ९५१ बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूह मध्ये आज तीन उपसमूहको मात्रै शेयर मूल्यमा सुधार आएको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक २१.४१, वित्त १.८८ र अन्य १४.७१ अङ्कले उकालो लागेको छ । बैंकिङ ११.७६, व्यापार ९३.५९, होटल तथा पर्यटन ९१.१६, जलविद्युत् २८.३८, निर्जीवन बीमा १२३.९९, उत्पादन ३९.०१, लघुवित्त १७.६८, जीवन बीमा १७६.६७, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.६७ बिन्दुले ओरालो लागे ।

कारोवारका आधारमा मङ्गलबार नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५७ करोड आठ लाख १५ हजार ७८२ बराबरको कारोवार भयो । यस्तै, लुम्बिनी विकास बैंक रु ३० करोड ३८ लाख ५२ हजार १५५, राधी विद्युत् कम्पनी रु २३ करोड ३५ लाख ५४ हजार ५७०, युनाइटेड मोदी हाइड्रोपावर रु १६ करोड ५३ लाख ५२ हजार ७५४ र एशियन लाइफ इन्स्योरेन्सको रु १६ करोड ३७ लाख ४० हजार ७१७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, नेप्सेका अनुसार कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लुम्बिनी विकास बैंक रु ८.२५, गुर्खाज फाइनान्स ७.९७, समिट लघुवित्त ७.८७ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ५.४३ प्रतिशतले कमाए । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर ५.०२, खानीखोला हाइड्रोपावर ४.२१, जोशी हाइड्रोपावर ४.१७, आँखु खोला जलविद्युत् कम्पनी ४.१२ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३.६१ प्रतिशतले गुमाए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …