तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । धितोपत्र बजारमा हरेक दिन जसो नयाँनयाँ रेकर्ड कायम भइरहेको छ । सोही क्रममा आज पनि नयाँ रेकर्ड बनेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार हालसम्मकै कारोवार रकम उच्च देखिएको छ । कारोवार मापक परिसूचक नेप्से १.२० अङ्कले घटेर दुई हजार ८१५.३९ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोवारमा मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ ले घटेर ५०३.७० मा ओर्लेको छ ।

कूल २१५ कम्पनीको चार करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयर रु १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार ४२ मा कारोवार भयो । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब छ अर्ब ७६ करोड ८० लाख ४४ हजार ५२७ बराबर भएको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ६.४६, होटल तथा पर्यटन १४.८३, अन्य २४.०२, लघुवित्त १९१.६९, जीवन बीमा १३६.३६ र लगानी ०.६७ बिन्दुले घटेको छ । यस्तै, व्यापार २८१.५३, विकास बैंक ११४.३३, जलविद्युत् १३१.७८, वित्त ३६.८१, निर्जीवन बीमा १४२.२९, उत्पादन ३२.६ र सामूहिक लगानी कोष ०.०८ बिन्दुले बढेको छ ।

कारोवारका आधारमा आज अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड २८ लाख ३४ हजार ४०१ बराबरको कारोवार भयो । यस्तै, अरुण काबेली पावर ३७ करोड ७४ लाख नौ हजार ८८८, चिलिमे जलविद्युत् कम्पनी रु ३७ करोड तीन लाख ११ हजार ९९६, युनाइटेड मोदी रु ३५ करोड ५४ लाख ५८ हजार १२९ र नेपाल पुनःबीमा कम्पनी रु ३० करोड ५१ लाख ८५ हजार ७७४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रोका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । ती कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, अरुण काबेली ९.९८ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाए ।

यस्तै समता लघुवित्त ५.२३, मेरो माइक्रोफाइनान्स ५.०६, एनएमबी माइक्रोफाइनान्स ४.८४, एनआइसि एशिया लघुवित्त ४.८४ र नेरुडे लघुवित्तका लगानीकार्तले ४.७३ प्रतिशतले गुमाए । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनका कारण लघुवित्त कम्पनीका शेयर भने आज ओरालो लागेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई लघुवित्त कम्पनीको शेयर खरिदमा समयसीमा तोकेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …