तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानले अब वंशजको नागरिकता पाउने भएका छन् । सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भएको सहमतिअनुसार जारी अध्यादेशमा बालिग भएका जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था उल्लेख छ । 

यसअघि अन्तरिम संविधान २०६३ जारी हुनुअघिको मितिसम्म कायम रहेका जन्मसिद्धका सन्तानलाई पनि वंशजको नागरिकता दिइएको थियो । नेपालको संविधान जारी हुँदा पनि संविधान जारी भएको मितिसम्म जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था संविधानमा उल्लेख गरिएको छ तर सङ्घीय कानुनमा व्यवस्था नहुँदा जन्मसिद्धका सन्तानले पनि तराईमा नागरिकता पाएका थिएनन् । यो विषयलाई जसपा नेपालले मागका रूपमा उठाउँदै आएको थियो ।

संविधानको उक्त व्यवस्थालाई सङ्घीय कानुनमा व्यवस्थित गर्ने गरी जारी भएको अध्यादेशमा भनिएको छ, “संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने छ ।

यस्तै नेपाली आमाबाट जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिइने छ तर बाबु पहिचान भई बाबुले अन्य देशको नागरिकता नलिएको स्वःघोषणा गरेमा अङ्गीकृत नागरिकता दिने व्यवस्था गरिएको छ । अध्यादेशका यी व्यवस्था संविधानमा समेत उल्लेख छन् । 

नेपाली आमाबाट जन्म भई बाबु पहिचान हुन नसकेको व्यक्तिले नागरिकता प्राप्त गर्न आफू र आमाको समेत स्वःघोषणा पेस गर्नुपर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । मूल ऐनको दफा ८ को उपदफा १ को खण्ड (क १) थप गरी त्यस्तो व्यवस्था गरिएको हो तर आमाको मृत्यु भएमा होस् वा ठेगानमा नभएको अवस्थामा भने नागरिकता लिने व्यक्तिले सो बेहोराको समेत स्वःघोषणा गर्नुपर्ने व्यवस्था अध्यादेशमा छ । 

यस्तो स्वःघोषणा झुटो ठहर भएमा कसुर कायम गरी सजायको व्यवस्थासमेत गरिएको छ । 

नागरिकता प्रमाणपत्र प्राप्त गर्न निवेदन दिँदा पेस भएको स्वःघोषणा झुटो भएमा कसुरअनुसार सजायको प्रबन्ध गरिएको छ । कसुरमा एक वर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख रुपियाँदेखि तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था अध्यादेशमा गरिएको छ ।गोरखापत्र दैनिकमा  खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …