तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् ।

महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र विभिन्न अस्पतालमा श्यया तथा अक्सिनजन अभावमा बिरामी र तिनका आफन्त छटपटाइरहेका बेला सरकारले योजनाबद्धरुपमा कोभिडविरुद्ध ध्यान केन्द्रित गरेको हो । प्रधानमन्त्री ओलीले तेस्रो कार्यकालका लागि शुक्रबार सिंहदरबारमा पदबहालीपछि सबै मन्त्री र उच्च कर्मचारीलाई निर्देशन दिँदै कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको थियो ।

महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न जनतालाई निराश हुन नदिन र कुनै अनियमितता हुन नदिन उहाँले सचेत गराउँदै भन्नुभएको थियो, “यतिबेला सबै एकजुट भएर महामारीको रोकथाममा लाग्नुपर्नेमा सरकारका राम्रा कामलाई पनि अन्देखा गर्ने र असहयोग वा अनियमितता गर्ने प्रवृत्ति उचित होइन, कुनै पनि नाममा हुने भ्रष्टाचार वा अनुचित लाभ लिने कार्य सह्य छैन, सरकारले कडाइका साथ कारबाही गर्नेछ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संविधानको धारा, ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उहाँ प्रधानमन्त्रीमा पुनः नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओलीको निर्देशन सुनेर आफ्ना मन्त्रालयमा बहाली गर्न पुगेका मन्त्रीहरुले कोभिड नियन्त्रणमा ध्यान केन्द्रित गर्ने उद्घोष गर्नुभयो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनतालाई कोरोनामुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने उल्लेख गर्दै भन्नुभयो, “अब हामी कोरोना सङ्क्रमितको उपचार, उपकरण तथा अस्पतालको व्यवस्थापन र चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रोत्साहनमा केन्द्रित हुन्छौँ ।” कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)का संयोजक पोखरेलले दैनिकजसो सिसिएमसीको बैठक, समीक्षाको आयोजना र अनुगमन तथा निर्देशन दिइरहनुभएको छ । केन्द्रमा हरेक दिन कुन मन्त्रालय र निकाय तथा तहले कोभिडविरुद्ध गरेका प्रगति तथा भएका समस्याको विवरण सङ्कलन गरी योजना बनाउने गरेको भन्ने जानकारी लिइने गरिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …