तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कोरोना महामारीको व्यवस्थापनमा सरकार गम्भिर र जिम्मेवार नभएको आरोप लगाएको छ।

त्यस्तै काङ्ग्रेसले देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन , भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भई सकेको उल्लेख गर्दै सरकारलाई त्यसको व्यवस्थापनमा ध्यान दिनको लागी आग्रह गरेको छ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले देशभरीका कार्यकर्ताहरुलाई स्वास्थ्य मापदण्ड अपनाउँदै आपतमा परेकालाई सक्दो सहयोग गर्नको लागी निर्देशन पनि दिएको छ।

सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन , आईसीयू बेड , खोप लगायतका औषधीको व्यवस्था गर्न माग गर्दछ । यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ , संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछ । देशमा व्याप्त यस विषम घडीमा सबै दिदीबहिनी , दाजुभाइमा स्वास्थका मापदण्ड अपनाउन , आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछ । काङ्ग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …